ह्वासङ फुटसलको उपाधि धरान एफसीले जित्यो


अमिर याेन्जन । ‘पहिलो ह्वासङ फुटसल कप–२०२४’ उपाधि धरान फुटबल क्लबले जितेको छ । धरानले फाइनल खेलमा सुवन एन ‘वाइड’ फुटबल क्लबलाई ३–१ गोलको अन्तरले जितेको हो ।

प्रतियोगिताको विजेता धरान एफसीले कोरियन तीस लाख वन, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता सुवन वाइड एफसीले कोरियन बिस लाख वन, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी धरान एफसीको सविन विडारी घोषित भए । प्रतियोगितामा ९ गोल गर्दै सर्वाधिक गोलकर्ता जे.एन. एफसीका खुमाहाङ लिम्बु भए । र उत्कृष्ट गोल रक्षक सुवन एन।एफसीका रूपक नेपाली भए । उनीहरूले नगद १ लाख वन, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

फुटबल प्रवासमा एकता, मनोरञ्जन, स्वास्थ्य जीवनको लागि आवश्यकता’ भन्ने मूल नाराका साथ आयोजना भएको फुटसल प्रतियोगितामा आयोजकसहित ३२ समूहले दर्ता गरेको थियो । १६/१६ टिम गरी पोल ए र पोल बी गरी नकआउट चरणमा खेल खेलाएको थियो । प्रत्येक खेलको १५/१५ मिनेटको समयमा खेलाएको थियो ।

ह्वासाङ नेपाली फुटबल क्लबको आयोजनामा ह्वासङको ह्याङ्नाममा आइतबार प्रतियोगिता सम्पन्न भएको हो । दोस्रो चरणको खेलको दोस्रो हाफ खेलमा फारान फुटबल क्लबका खेलाडी र जेएन एफसीका खेलाडी विवाद हुँदा आयोजकले विवादित दुवै टिमलाई प्रतियोगिताबाट बाहिरिने निर्णय गरेको थियो ।

नेपाल फुटबल महासङ्घ, कोरिया, नेपाल महिला फुटबल परिवार कोरिया र ह्वासाङ नेपाल फुटबल क्लबको संयुक्त आयोजनामा पहिलो पटक महिला मैत्रीपूर्ण प्रतियोगिता पनि भएको थियो ।

प्रतियोगिताको समापन कार्यक्रममा आयोजकले नेपाल फुटबल महासङ्घका अध्यक्ष कृष्ण गुरुङ (ब्रो तमु), फिलिप गुरुङ, विक्रम गुरुङ र मदन राईलाई प्रमाणपत्र र खादाले सम्मान गरे ।

प्रतियोगिताको दोस्रो पुरस्कार नेवारी खाजा घर फारानले प्रयोजन गरेको थियो । गैर आवासीय नेपाली सङ्घ,कोरियाका अध्यक्ष बुद्धि गुरुङ, नेपाल फुटबल महासङ्घ कोरियाका अध्यक्ष कृष्ण गुरुङ (ब्रो तमु), जेबी बैङ्कका डा। कमला साउद र आयोजक ह्वासाङ नेपाली फुटबल क्लबका अध्यक्ष मिन आले मगर लगायतले विजेता टिमलाई पुरस्कार वितरण गरेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ११औ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • छैटौं फोनमनी दोब्बर पैसा विजेता धर्मराज
  • चुम्लुङ बुसान शाखको पाँचौँ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...