प्रथम किम्हे फुटसल कपसँगै महिला मैत्रीपूर्ण प्रतियोगिता हुने


अमिर योन्जन । प्रथम किम्हे युनाईटेड पुरुष फुटसल कप–२०२४ सँगै महिला मैत्रीपूर्ण प्रतियोगिता हुने भएको छ । किम्हे युनाईटेड फुटबल क्लबको आयोजनामा जुलाई १४ तारिख हुन लागेको हो ।

कोरियाको ख्याङ्सङ्नाम्दो प्रान्तको किम्हे–बुसन क्षेत्रको मासन, छाङ्वन सी सहरमा हुने आयोजकले बताएको छ । ‘विदेशी भूमिमा सङ्घर्षको क्रममा, रमाऊ हाम्रो फुटसलको गोलमा’ भन्ने नाराका साथ कोरियामा रहेर खेलको दौरानमा घाइते खेलाडी उद्धार सहयोगार्थ प्रतियोगिता आयोजना हुन गई रहेको आयोजकले सूचनामा उल्लेख गरेको छ । प्रतियोगिताको समूह विभाजन (टिमको टाई सिट) जुलाई ७ आइतबार भएको छ । जसमा आयोजकसहित ३२ टिमले समावेशको लागि दर्ता गरेका छन् ।  १६/१६ टिम गरी पोल ए र पोल बी गरी लिग सिस्टममा खेलाइने छ भने दोस्रो चरणदेखि नकआउटमा खेल खेलाइने छ । प्रत्येक खेलको १०/१० मिनेटको समयमा हुने तालिका रहेको संस्थापक संयोजक राज लामा मोक्तानले बताएको छ ।

गत हप्ता मात्रै सम्पन्न ख्याङ्गीदोको ह्वासङसीमा ‘पहिलो ह्वासङ फुटसल कप–२०२४’ प्रतियोगितामा पहिलो महिला मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न गरेको थियो । सोही महिला फुटबल प्रतियोगितालाई निरन्तरता दिदै जाने हेतुले  किम्हे युनाईटेड फुटसल कपमा पनि महिलाे फुटबल प्रतियोगिता आयोजना गरिने नेपाल फुटबल महासङ्घका अध्यक्ष कृष्ण गुरुङ (ब्रो तमु)ले जनाकारी दिए । उनले एक सूचना मार्फत सहर्ष जानकारी गर्दै विभिन्न क्षेत्रमा छरिएर रहेका नेपाली महिला फुटबल खेलाडीहरूलाई एकबद्धता हुन अनुरोध गरेको छ । साथै फुटबलप्रेमीहरु खेल स्थलमा उपस्थितिको लागि पनि आव्हान गरेको छ ।

प्रतियोगिताको विजेताले कोरियन वन तीस लाख, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै उपविजेताले कोरियन वन बिस लाख, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल रक्षकले नगद १ लाख वन सिल्ड, मेडल र प्रमाणपत्र पाउने संस्थापक संयोजक राज लामा मोक्तानले जानकारी दिए । र मैत्रीपूर्ण महिला फुटबल खेलमा खेलाडीहरुलाई प्रमाणपत्रबाट सम्मानित गरिने आयोजकले जनाएको छ । प्रतियोगिता बिहान ८ बजेदेखि सुरु हुने छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ११औ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • छैटौं फोनमनी दोब्बर पैसा विजेता धर्मराज
  • चुम्लुङ बुसान शाखको पाँचौँ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...