‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
अमिर याेन्जन । गौतम गोले र मिनु मोक्तानको अभिनयमा रहेको सेलो साङ्गीतिक कोसेली ‘छ्योर्तेन राम्रो…’ सार्वजनिक भएको छ । गौतम गोलेको अभिनयमा यो दोस्रो साङ्गीतिक कोसेली हो । शनिवार गौतम गोलेको युट्युब च्यानलबाट ‘छ्योर्तेन राम्रो…’ बोलको भिडियो सार्वजनिक भएको हो ।
‘छ्योर्तेन राम्रो…’ गीतमा गायक मिलन दोङको स्वर तथा सङ्गीत रहेको छ । गौतम गोले पहिलो कोसेली दुई वर्ष अघि ‘म्राङ्सेम खाबा’ ल्याएको थियो ।
भिडियो एउटा परदेशमा कामको छुट्टीमा पार्क र सहर, बजारमा घुमघाममा मैच्याङहरु भेटेपछिको कथावस्तुमा आधारित बनाएको छ । मैच्याङ (मिनु मोक्तान) लाई भेटेपछि एकतर्फी एक नजरमै प्रेममा परेको पहिलो भेटमै प्रेमको प्रस्ताव गर्दा उनीले अस्वीकार गरेपछि च्याङ्बा (गौतम गोले) निराशपनको अवस्थामा देख्न सकिन्छ । यति मात्रै होइन, भिडियो कथामा सच्चा मायाले प्रस्ताव गरेको थाहा भएपछि मैच्याङले स्वीकार गर्छिन् र दुवै जनाले सुख, दुःखसँगै बिताउने प्रण गर्छन् ।
‘छ्योर्तेन राम्रो…’ भिडियोलाई निर्देशन, छायाङ्कन र सम्पादन दिपक थापाले गरेको छ । छायाङ्कनमा निमा तामाङ र अमिर योन्जनले साथ दिएका छन् । भिडियोको कथा लेखन सेलो म्युजिक भिडियो क्षेत्रका निर्देशक प्रतिक ङ्यासुरले गरेको छ ।
भिडियोमा सूर्य लामा, करप रुम्बा, अमिर योन्जन, बिनु मोक्तान र पुजा श्रेष्ठलगायतको सहयोगी भूमिकामा अभिनय देख्न सकिन्छ । स्टिल मुभी फोटोग्राफरमा सन्तोष जिसी रहेको छ । भिडियो निर्माणको व्यवस्थापनमा गायक ज्ञान लामाले गरेको थियो ।
दक्षिण कोरियाको पर्यटकीय क्षेत्र वाउजङ्सा बौद्ध गुम्बा वरपर र फेन्तेकको समुन्द्र किनारको टाइटनिक बोर्ड लगायत सुन्दर ठाउँहरूमा भिडियो छायाङ्कन गरेका छन् ।