Advertisement
SKIP THIS

किम्हे फुटसल कप ह्वासङ एनएफसीले जित्यो


अमिर याेन्जन ।

प्रथम किम्हे युनाईटेड पुरुष फुटसल कप–२०२४ को उपाधि ह्वासङ एनएफसीले जितेको छ । फाइनलमा फारान युनाइटेडसँग निर्धारित समयमा १–१ गोलको बराबरी खेलेपछि ह्वासङ एनएफसीले पेनाल्टी सुटआउटमा ३–२ गोलले जितेको हो ।

किम्हे युनाईटेड फुटबल क्लबको आयोजनामा जुलाई १४ तारिख आइतबार कोरियाको ख्याङ्सङ्नाम्दो प्रान्तको किम्हे–बुसन क्षेत्रको मासन, छाङ्वन सी सहरमा फुटसल कपसँगै महिला मैत्रीपूर्ण प्रतियोगिता सम्पन्न भएको हो  ।

विजेता ह्वासङ एनएफसीले कोरियन तीस लाख वन, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता फारान युनाइटेडले कोरियन बिस लाख वन, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी ह्वासङ एनएफसीको सुमन पाख्रिन घोषित भए । प्रतियोगितामा १४ गोल गर्दै सर्वाधिक गोलकर्ता नामजि एनफसीका निशन कार्की भए । त्यस्तै उत्कृष्ट गोलरक्षक ह्वासङ एनएफसीको भुवनजंङ कार्की भए । उनीहरूलाई आयोजकले नगद १ लाख वन, सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका छन् ।

‘विदेशी भूमिमा सङ्घर्षको क्रममा, रमाऊ हाम्रो फुटसलको गोलमा’ भन्ने नाराका साथ कोरियामा रहेर खेलको दौरानमा घाइते खेलाडी उद्धार सहयोगार्थ प्रतियोगिता आयोजना भएको हो । जसमा आयोजकसहित ३२ टिमले सहभागी भएका थियो ।  १६/१६ टिम गरी पोल ए र पोल बी गरी लिग चरण हुँदै दोस्रो चरणमा नकआउट प्रणालीमा खेल खेलाएको थियो । प्रत्येक खेलको १०/१० मिनेटको समयमा भएको थियो ।

त्यस्तै यसै प्रतियोगितामा महिला मैत्रीपूर्ण फुटसल पनि सम्पन्न भएका छन् । मैत्रीपूर्ण प्रतियोगितामा ‘बुसान’ टिमले ‘सेतो’ टिमलाई २–० गोल अन्तरले जितेका छन् । जसमा बुसान टिमका धावा डोल्मा लामाले २ गोल गरेकी हुन् । महिला मैत्रीपूर्ण प्रतियोगितामा ३ टिम सहभागी भएको थियो । विजयी टिमले सिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्ण राई एन्ड दाजुभाइहरुको लाइभ कन्सर्टमा झुमे कोरियाका दर्शक
  • दोस्रो हप्ता पनि कोरियामा अञ्जिलाका लागि उर्लिए मानव सागर
  • दक्षिण कोरियामा १० दिन देखि लागेको आगो अझै नियन्त्रण भएन, ३० जनाको मृत्यु
  • दुतावासबाट प्रत्येक शुक्रवार दिनको ३ बजे २५० जनाका लागि अपोइन्टमेन्ट खुल्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...