छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने

कोरियाको महान चाड छुसकको अवसरमा शेर्पा संघ दक्षिण कोरियाले “हिमालयन सांगितिक धमाका ” आयोजना गर्ने भएको छ। विपत व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापनार्थ कार्यक्रम गर्न लागिएको अध्यक्ष दोर्ची शेर्पाले जानकारी गराएका छन्। आगामि सेप्टेम्बर १७ तारिख दक्षिण कोरियाको राजधानी सोलमा आयोजना गर्न लागिएको कार्यक्रमको तयारी तीब्र पारिएको आयोजकले जनाएको छ।
संघले आदिबासी जनजाति महासंघ दक्षिण कोरिया अन्तर्गत सबै जातिय संस्थाहरुको सहकार्यमा गर्न लागेको कार्यक्रमलाई सफल बनाउन सल्लाहकार सोनाम शेर्पालाई कार्यक्रम संयोजक, सल्लाहकार पासाङ शेर्पालाई आर्थिक संयोजक र सल्लाहकार गेल्छिरी शेर्पालाई प्रचारप्रसार संयोजक चयन गरि जिम्मेवारी बाँडफाँड गरिएको छ।
कार्यक्रमलाई भब्य बनाउन नेपालबाट बहुचर्चित राष्ट्रिय कलाकारहरुलाई आमन्त्रण गरिने छ । साथमा दक्षिण कोरियामा रहेको नेपाली स्थानीय कलाकारहरूको प्रस्तुति पनि रहने छ। केहि समय पश्चात कलकार र कार्यकम बारे थप जानकारी दिइने प्रचार प्रसार संयोजक गेल्छिरी शेर्पाले अवगत गराएका छन्।