पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको वार्षिक साधारण सभा जुलाई २८ मा हुने
पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको वार्षिक साधरण सभा हुने भएको छ। जुलाई २८ तारिख दोङ्देमून स्थित सरोकार समाजको आफ्नै हलमा कार्यक्रम गरिने तय भएको छ।
साधारण सभामा विशेषगरि सांगठनिक प्रतिवेदन, आर्थिक प्रदिवेदन र भावि कार्ययोजनाहरु प्रस्तुत हुने अध्यक्ष गजेन्द्र सेर्माले फोनिज कोरियालाई जानकारी गराएका छन्।
सन २०१४ मा स्थापित यस समाजमा पूर्वका १४ जिल्ला र २ जातिय संस्था गरि कूल १६ संस्था आवद्ध रहेका छन्। पूर्वाञ्चल एवम कोरिया बासि नेपालीलाई यस कार्यक्रममा उपस्थितिको लागि आयोजकले सादर अनुरोध गरेको छ।