कोरियामा माननिय गगन थापासँग बृहत अन्तर्क्रिया कार्यक्रम हुँदै
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा माननिय सांसद गगन थापासँग बृहत अन्तर्क्रिया कार्यक्रम हुने भएको छ। थापासँगै नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण पौडेल पनि सरिक हुने आयोजकले जनाएको छ। उक्त कार्यक्रम जुलाइ २८ तारिक सौलको गुमिन ह्वेग्वानमा विहान ११ बजेदेखि हुने निश्चित भएको छ।
नेपाली काङ्ग्रेसका महामन्त्री तथा सांसद साथै पूर्व मन्त्री समेत रहिसकेका थापासँग अन्तर्क्रिया गर्न कोरियाबासि नेपालीहरु निकै उत्साहित भएको र कार्यक्रममा नेपालको आर्थिक एवं लोकतान्त्रीक विकासमा विदेशमा रहेका नेपालीहरुको ज्ञान सिप र उर्जाको सदुपयोग बिषयमा गहन छलफल हुने नेपाली जनसम्पर्क समितिका महामन्त्री राम प्रसाद उप्रेतीले जानकारी गराएका छन्।
कार्यक्रमको तयारी पूर्ण भएको र कोरिया बासि नेपालीहरुलाई कार्यक्रममा उपस्थित हुनको निम्ति आयोजकले अनुरोध गरेको छ्।