वृहत अन्तर्क्रिया कार्यक्रमको लागि माननिय गगन थापा कोरिया अवतरण
पूर्व मन्त्री एवम माननिय सांसद गगन थापा कोरिया अवतरण भएका छन्। नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा हुने बृहत अन्तर्कृया कार्यक्रमको लागि थापा कोरिया आएका हुन्। यसैगरि थापासँगै नेपाली कांग्रेसका नेता प्रशिक्षकको रुपमा प्रताप पौडेल पनि आइसकेका छन भने केन्द्रीय सदस्य किरण पौडेल केहि समय पश्चात आइपुग्ने आयोजकले जनाएको छ। अतिथि स्वागत गर्नका लागि नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवम शुभ चिन्तकहरु इन्छन विमनस्थल पुगेका थिए।
नेपाली काङ्ग्रेसका महामन्त्री तथा सांसद साथै पूर्व मन्त्री समेत रहिसकेका थापासँग अन्तर्क्रिया गर्न कोरियाबासि नेपालीहरु निकै उत्साहित भएको र कार्यक्रममा नेपालको आर्थिक एवं लोकतान्त्रीक विकासमा विदेशमा रहेका नेपालीहरुको ज्ञान सिप र उर्जाको सदुपयोग बिषयमा गहन छलफल हुने बताइएको छ।
वृहत अन्तर्कृया कार्यक्रम जुलाइ २८ तारिक सौलको गुमिन ह्वेग्वानमा विहान ११ बजेदेखि हुने निश्चित भएको छ्। कार्यक्रमको तयारी पूर्ण भएको र कोरिया बासि नेपालीहरुलाई कार्यक्रममा उपस्थित हुनको निम्ति आयोजकले अनुरोध गरेको छ्।