नेपाल एयरलाइन्स काठमाण्डौं–सौल सुचारु भए मात्र कोरिया भ्रमणको सार्थकता ठान्छु: गगन थापा


अमिर याेन्जन । नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगन कुमार थापाले नेपाल वायुसेवा निगमको जहाजले सौल–काठमाण्डौं, काठमाण्डौं–सौल उडान भयो भने मात्रै आफ्नो दक्षिण कोरिया भ्रमण सार्थक हुने बताएको छ ।

जुलाई २८ आइतबार सौलमा यहाँको नेपालीहरूसँग नेपाली जन सम्पर्क समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै महामन्त्री थापाले नेपाल एयरलाइन्स काठमाण्डौं–सौल उडान, कोरियाबाट फर्केका नेपालीहरू देशमै रोजगारी गरी बस्न सक्ने वातावरण बनाउन पहल गर्ने बताएका हुन् । महामन्त्री थापाले भने, ‘नेपाल एयरलाइन्स काठमाण्डौं–सौल फ्लाइट, एजुकेसन कन्सल्टेन्सीबाट ठगेर विद्यार्थीहरू आउन बन्द र कोरियाबाट थप पर्यटकहरू नेपाल ल्याउन सक्ने वातावरण बन्न सक्यो भने मेरो कोरिया भ्रमण सार्थक भएको ठान्छु ।’ यसमा थप छलफलहरू गर्दै गरौला उनले थपे ।

त्यस्तै महामन्त्री थापाले प्रवासमा रहेको जनसम्पर्क समिति भित्र गुटबन्दी नगर्ने आग्रह गरे । उनले भने, ‘नेपालमा हामी दलहरूसँग यति धेरै झगडा गरेका छौँ । पार्टीभित्र यति धेरै गुटबन्दी गरेका छौँ । जन सम्पर्क समितिले गुटबन्दी गर्नै पर्दैन । हामीलाई हेरेर, हाम्रो नाममा नलड्नुस्, यहाँभित्र एकता गर्ने कुरा जति गर्नु हुन्छ, त्यो नै राम्रो कुरा हो ।’

त्यस्तै नेपाल कोरिया सम्बन्धको पचास बर्ष पुगेको अवसरमा यहाँ केही तयारी गरेर भव्य कार्यक्रम गर्न दुतवास तथा नेपालीहरूलाई महामन्त्री गगन थापाले अनुरोध गरेको छ । उनले भने, दुतवासले सहकार्य गर्लान्, तर यहाँ रहेको सङ्घसंस्था पनि मिलेर भव्य कार्यक्रम गर्न अनुरोध गरे । महामन्त्री थापाले भने, ‘केही चार पाँच महिनाको समय राखेर, सकिन्छ भने नेपालको पर्यटन मन्त्री नेपाल एयरलाइन्समा चढेर आउने लक्ष्य राखेर गर्नुहोला ।’

यहाँ रहेका नेपालीहरूसँग महामन्त्री एवं सांसद गगन थापा, काँग्रेसका केन्द्रीय सदस्य एवं जन सम्पर्क समिति समन्वय विभागका प्रमुख किरण शर्मा पौडेलसँग अन्तरक्रिया गर्‍यो । अघिल्लो दिन शनिवार बेलुका नेपाली जन सम्पर्क समितिका सदस्यहरूलाई नेताहरूले प्रशिक्षण पनि दिइएको थियो । प्रशिक्षण कार्यक्रममा केही व्यक्तिहरू पार्टी प्रवेश पनि भएका छन् । एक कार्यकर्ताका अनुसार सामाजिक संस्थाका व्यक्तिहरू पनि पार्टीमा प्रवेश भएको बताए ।


अन्तरक्रियामा बृहत् हुन सकेको छैन । कार्यक्रमको नाम अन्तरक्रिया भने पनि बृहत् रूपमा नेपाली युवाहरूसँग अन्तरक्रिया भने हुन नसकेको हो । अन्तरक्रिया भने पछि भुईँ तहसम्म प्रश्नोत्तर र संवाद हुने अपेक्षा राखेर टाढा टाढादेखि सहभागी भएको थियो । एक सहभागीले कार्यक्रमलाई कोड गर्दै भने, ‘अन्तरक्रिया नाम मात्रै रहेछ, आ-आफै भाषण मात्रै गर्‍यो, हामीले टाढाबाट आएर पनि भावी युवा प्रधानमन्त्री वा सभापतिलाई एउटा प्रश्न गर्न नपाएकोमा दुःख लाग्यो ।’ उनले भने, बृहत् अन्तरक्रिया भन्ने अनि केही प्रश्नोत्तर गर्न नपाउने पनि कोरियामै हुने रहेछ ।

कार्यक्रममा आयोजकले कोरियामा रहेको विभिन्न दलका सङ्गठनहरूका प्रतिनिधि, सामाजिक संस्थाका प्रतिनिधि लगायतलाई मात्रै मन्तव्य राख्न समय दिइएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • रारा सांगीतिक सौगात टिकटक इभेन्टबाट नगद पुरस्कार जित्न सकिने
  • छुसकमा गरिने सांगीतिक कार्यक्रमको जानकारी सम्बन्धी एनसिसीद्वारा पत्रकार सम्मेलन सम्पन्न
  • रामेछाप सम्पर्क समितिको छुसकमा बृहत् भेटघाट तथा साङ्गीतिक कार्यक्रम
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...