संगीत क्षेत्रमा स्पष्ट नीति , नियम नहुदा बिकृति बढिरहेको छ – संगीतकार राजेश थापा
काभ्रेको ढुखर्क -४ बागमतीमा आमा माया थापा मगर र बुवा इन्द्र थापा मगरका कोखवाट २०३९ सालमा जन्मिनु भएको संगीतकार राजेश थापा अहिलेका चल्तीका संगीतकार मध्य पर्छन | अहिलेसम्म सय भन्दा बदि गीतमा संगीत भरिसकेका थापाले २०६० सालमा ” भन्देउ आफैलाई ” बोलको गीतवाट संगीत क्षेत्रमा श्रीगणेश गरेका थिए | ” नजर” , केही काँडा केही फुल ” नामक एल्बम बजारमा ल्याईसकेका थापाले चाडै नै करिश्मा घमसंगको सहकार्यमा नयाँ एल्बम छिट्टै बजारमा ल्याउन लागेका छन् | यति बेला एउटा नेपाली चलचित्रको धुन तयार पार्न ब्यस्त रहेका थापाले संगीत सिर्जना अलावा चारवटा बिद्यालयमा संगीत अध्यापन पनि गर्दै आएका छन् | हाल नेपाली संगीतको स्थिति र बजारको अवस्था कस्तो छ त यसै सेरोफेरो रहेर फोनिजकोरिया संवाददाता निश्चल काउचाले थापासंग गरेको कुराकानी :-
अहिले केमा ब्यस्त हुनुहुन्छ ?
एउटा संगीतकारको नाताले गीत , संगीत सृजना गर्नमै ब्यस्त छु त्यसको अलावा म संगीत शिक्षक भएको संगीत अध्यापन गर्नु त नियमित कर्म भईहाल्यो |
अहिले नेपाली संगीतको अबस्था कस्तो छ ?
अहिलेको बिध्यमान अबस्थालाई केलाएर हेर्नु पर्दा संगीत बजारमा विविध समस्याहरु देखिएका छन् | एल्बम बिक्रि वितरण शुन्य प्राय छ | पाईरेसीको समस्या त्यस माथि स्पष्ट नीति , नियमको अभाव तथापि संगीत सृजना हिजोको दिनहरुमा भन्दा अहिले बढेको छ | विभिन्न सर्जकहरुका नयाँ- नयाँ एल्बमहरु बजारमा आईरहेका छन् | नयाँ सृजना सृजित गर्न तल्लिन संगीतकार , रचनाकार , गायक , गायिकाका देखि रेकर्डिङ स्टुडियोहरुको ब्यस्ताले पनि यस कुराको प्रमाणित गर्दछ |
संगीतमा लागेर बाच्न सक्ने स्थिति छैन भनिन्छ नी?
प्राय मिडियाकर्मीले सोध्ने प्रश्न हो यो | म सकारात्मक सोच भएको मान्छे हु | त्यसैले मलाइ यो सन्दर्भमा के लाग्छ भने हरेक क्षेत्रमा कठिनाईहरु अबश्य छन् | जुन व्यक्ति ज्ञान , सिप , साधना र धैर्य गर्न सक्ने क्षमता बोकेर यो क्षेत्रमा आएको छ | त्यो व्यक्ति अबश्य सफल हुन्छ | जो यो क्षेत्रम आएर रातारात नाम र दाम एकै चोटी कमाउने सपना आएका छन | तिनीहरु पलायन हुन्छन | संगीत क्षेत्रमै केही गर्छु भन्ने दृढ विश्वासका साथ् , साधना , सिप , ज्ञान हासिल गरेर आएका व्यक्तिहरुले दाम र दाम राम्रै कमाईरहेका छन् | खालि एउटा स्रष्टामा आफ्नो जीवन , जगत र कर्मप्रति लगाव र ईमान्दारिता कति छ भन्ने मुख्य कुरा हो |
पछिल्लो चरणमा नेपाली संगीतको स्तर खस्केको छ भन्ने पनि सुनिन्छ नी ?
संगीत क्षेत्रको दुर्भाग्य नै भन्नु पर्छ अहिलेसम्म स्पष्ट नीति , नियम नै छैन | समग्र संगीत क्षेत्रको हकहित र स्तर उन्नतिका लागि भनेर विभिन्न संघ, संस्था खुलेका छन् | ति संघ , संस्थाहरुले परिणाममुखी कार्य गरेको देखिदैन | यसै क्रममा राम्रा , नराम्रा , सहि , गलत स्रष्टाका सिर्जनाहरु बग्रेल्ती आउने क्रम दिनानुदिन बढेर गएको छ | यस्तो परिस्थितिले गर्दा सगीत स्तरलाइ केही हदसम्म आँच पुर्याएको पक्कै हो | केही मान्छेहरुले संगीतलाई शौख र मनोरञ्जन ठान्ने हुदा पनि स्तरमा नकारात्मक प्रभाव परेको हुन् सक्छ | दिनरात नभनेर संगीतलाई पुजा गरेर यहि क्षेत्रमा अहोरात्र खटिरहेका जो सर्जकहरु छन् उनीहरु सधै नेपाली संगीतको स्तर उकास्ने ध्याउन लागि रहेका छन |
अहिलेको गीतहरुमा पहिले जस्तो शब्दमा मार्मिकता पाइदैन भन्ने गुनासो पनि सुनिन्छ नी ?
संख्यात्मक हिसाबले भन्नु पर्दा अहिले पहिले भन्दा गीतकारहरुको आगमन अत्याधिक धेरै भएको छ | पहिले थोरै गीत रेकर्ड हुन्थे र ति गीतहरु स्रोता र दर्शक माझ पुग्ने गर्थे तर अहिले गीत , संगीत उत्पादन धेरै हुने गरेको छ | अचेल गीतको मर्ममा ध्यान दिन छोडिएको छ | शब्दको मिठासमा केही तल माथि हुन् सक्ला तर पछिल्लो चरणमा पनि धेरै राम्रा – राम्रा गीतकारहरु आएका छन् |
संगीतमा लाग्ने प्रेरणा कहाँबाट पाउनु भो ?
मेरो पारिवारिक बाताबरण नै सांगीतिक थियो | यस्तै माहोलले गर्दा सानै देखि संगीतमा रुचि बढयो | एसएलसी पास भए पछि दाजुहरुले संगीत बिषय लिएर कलेज पदने सल्लाह दिनु भयो | पारिवारिक सहयोगले यहाँसम्म आईपुगेको हु |
संगीत विनाको जीवन कल्पना गर्न सकिन्छ ?
दशकौदेखि यसैमा भिजेर सुख दु:ख झेल्दै आईरहेको छु तसर्थ संगीत बिनाको जीवन मेरो लागि कल्पना बाहिरको कुरा हो |
संगीतमा लागेर सन्तुष्ट हुनुहुन्छ ?
जीवनमा कयौ पटक उतार- चढावहरु आईरहन्छन | त्यो आर्थिक , सामाजिक , ब्यबहारिक जुन सुकै रुपमा पनि सक्छ | म पनि यसबाट अछुतो रहेन | यद्धपि यी सबै कुरालाई तपशिल राखेर भन्नु पर्दा म संगीतमा लागेर अत्यन्तै सन्तुष्ट छु |
अचेल त मिडियाबाजी गर्न सके मात्र गीत चल्छ भन्ने सुनिन्छ नी ?
यो प्रश्नमा धेरै सत्यता छ | अहिले दुनियाँ भर्चुअल छ | सुचना प्रविधिको बिकासले ईन्टरनेटको माध्यमवाट निमेषभरमै संसारभर सुचना आदानप्रधान गर्न सकिन्छ यसकारण पनि मिडियाबाजी गर्नु अहिलेको आवश्यकता नै हो तर पैसावाल र मिडियामा पहुच भएकाहरुको निम्न स्तरको सिर्जनाहरुले पनि स्थान पाउदा असली र राम्रा स्रष्टाहरु ओझेलमा पर्ने सम्भावना पनि उत्तिकै देखिएको छ |
अहिले नेपाली संगीत कुन दिशातिर बढिरहेको छ ?
देशको अस्थिर परिस्थितिले गर्दा अहिले नेपाली संगीत यहि दिशातिर अघि बढिरहेको छ भन्ने स्थिति छैन | सिर्जनाहरु दिनानुदिन बढिरहेको छ तर त्यसलाई ब्यबस्थित गर्ने सकेको देखिदैन | मनपरी तन्त्र हावी भएको देखिन्छ | आसा गरौ आउदा दिनमा नेपाली संगीतले एउटा स्पष्ट दिशा निर्धारण गर्दै विश्वस्तरीय उचाई हासिल गर्ने छ |
अन्त्यमा केही भन्न चाहनु हुन्छ की?
मेरो सिर्जनाहरुलाई माया गरि मलाई यहाँसम्म ल्याउनु हुने सम्पूर्ण शुभचिन्तक , स्रोता तथा दर्शकहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि यसरी नै माया दिनु हुनेछ भन्ने आसा राख्दै नेपाली संगीतलाई माया गरि दिनुहोस भन्दै मेरा दुई शब्द देश विदेशमा रहनु हुने स्रोता र दर्शकमाझ पुर्याउने मौका दिनु भएकोमा फोनिजकोरिया डट कमप्रति आभारी छु | जय गीत ,जय संगीत |