तमू धीं कोरियाले अगस्ट ४ मा रजतजयन्ती मनाउदै
तमू धीं दक्षिण कोरियाले आगामि अगस्ट ४ तारिखका दिन रजतजयन्ती मनाउने भएको छ । संस्था स्थापनाको २५ औं बर्षको अवसरमा सौल जुङ्गु (서울 중구 장충단로 247)मा भव्य कार्यक्रमको आयोजना गर्दै रजतजयन्ती उत्सव मनाउन लागेको संस्थाको अध्यक्ष रुपा गुरुङले फोनिज कोरियालाई बताएका हुन् ।
“प्ये म्हस्याँ छ्याम्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु मस्याँ म्हि म्हमु” अथवा शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउछ र संस्कृति हराए मानव जाती नै हराउछ । भन्ने मूल नाराका साथ १९९९ मा तमूधी दक्षिण कोरिया स्थापना भएको हो । यस अवसरमा संस्थाले आफ्नो स्मारिका समेत प्रकाशित गर्ने बताएको छ ।
रजतजयन्ती उत्सव कार्यक्रमको प्रमुख अतिथि अन्तराष्ट्रिय तमू परिषदका संस्थापक अध्यक्ष रेशम गुरुङ र बिशेष अतिथिमा संस्कृतिविद प्राज्ञ डा. जगमान गुरुङ रहने जनाएको छ । कार्यक्रममा तमूहरुको मौलिक नृत्य घाँटु, सोरठी साथै विविध मनोरञ्जनात्मक प्रस्तुतिहरु, मौलिक संस्कृतिको प्रदर्शन र मौलिक परिकारहरु पनि रहने छ । ‘त्यसैले कोरियामा रहनु भएका तमूहरु तथा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा उपस्थित भैदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’ अध्यक्ष गुरुङले अनुरोध गरिन ।
कार्यक्रम बारे थप जानकारी-
मितिः- २०२४, अगस्ट ३ शनिबार
समयः- दिनको ०३ः०० बजे।
मिति :- २०२४/०८/०४ आइतबार
समय :- दिनको ०१:०० बजे
स्थान :- 서울 중구 장충단로 247, 굿모닝시티 8F, Good Morning City, 8th Floor.
जाने तरीकाः- सौल मेट्रो २, ४ र ५ नंबर लाईन, Dongdaemun History and Culture Park Station, गेट नंम्बर १३ र १४ बाट नजिकै।
तथा तमू धीं दक्षिण कोरिया परिवार।।