कोरियामा तिसौँ आदिवासी दिवस मनाइयो(फोटा फिचर)
दक्षिण कोरियामा रोजगारीको सिलसिलामा रहेका आदिवासी जनजाति समुदायले तिसौँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाइएको छ ।
आज आइतबार राजधानी सौलको एक हलमा झाँकी नाच, विभिन्न नृत्य, खाना प्रदर्शनीलगायत गरी भव्य रूपमा मनाएको हो । जसमा राई, लिम्बु, गुरुङ, तामाङ, शेर्पा, थारु, मगर, ह्योल्मोलगायत विभिन्न दशभन्दा बढी समुदायका झाँकी नाच र नृत्यको प्रस्तुति भएको थियो ।
त्यस्तै जातीय मौलिक परिकारहरू तामाङ, शेर्पाको खाप्से, मगर समुदायको बारा, तरुल, गुरुङ समुदायको भाब्रे रोटी, राई लिम्बु समुदायको वाचिपा, लिम्बु समुदायको याङ्बेन र थारु समुदायको घोंगी, माछा, नेवार समुदायको छोईला, चिउरा आदि प्रदर्शन र खानपान समेत भएको थियो ।
प्रमुख आयोजक संस्था नेपाल आदिवासी जनजाति महासङ्घ दक्षिण कोरियाको अध्यक्ष विशन राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतवास सौलका कार्यवाहक राजदूत पुष्प राज भट्टराई, विशेष अतिथिहरूमा गैर आवासीय नेपाली सङ्घ, दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ, दक्षिण कोरियाका कार्यवाहक अध्यक्ष उत्तम खाजुम, तमू धीँ दक्षिण कोरियाकी अध्यक्ष रुपा गुरुङ, तामाङ घेदुङ दक्षिण कोरियाका अध्यक्ष राजकुमार स्याङ्तान, नेपाल मगर सङ्घ दक्षिण कोरियाका अध्यक्ष तुल घर्ती मगर, किराँत राई यायोख्खा दक्षिण कोरियाका अध्यक्ष पुरन याम्फु, किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाका अध्यक्ष दिर्ज काङ्बा लिम्बु, शेर्पा सङ्घ, दक्षिण कोरियाका अध्यक्ष दोर्ची शेर्पा, थारु कल्याणकारी सभा दक्षिण कोरियाका अध्यक्ष अमर चौधारी, छन्त्याल परिवार दक्षिण कोरियाका अध्यक्ष अध्यक्ष तिलक छन्त्याल(एडिन), ह्योल्मो सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष निमा दोङ्बा ह्योल्मो, नेवा पुचः दक्षिण कोरियाका अध्यक्ष सकिन श्रेष्ठ, नेपाली सम्पर्क समितिका अध्यक्ष हरिप्रसाद खनाललगायत जातीय तथा क्षेत्रीय संस्थाहरूको अध्यक्षहरू उपस्थिति थियो ।