पूर्व मन्त्री पम्फा भुसालको प्रमुख आतिथ्यमा जनप्रगतिशिल मञ्चको अधिवेशन हुँदै
पूर्व मन्त्री एवम नेकपा माओवादि केन्द्रका केन्दृय उपाध्यक्ष पम्फा भुसालको प्रमुख आतिथ्यमा नेपाली जनप्रगतिशिल मञ्च कोरियाको छैठौँ अधिवेशन हुने भएको छ। कार्यक्रम अगस्ट १८ तारिख आइतबारका दिन 서울특별시 종로구 종구 386 को सभाहलमा बिहान ११ बजेदेखि सुरु हुनु भएको छ।
“समृद्ध नेपाल निर्माणको निम्ति प्रवासीहरुद्वारा वैधानिक विप्रेषण! प्रवास मताधिकारको माग सहित छैठौँ राष्टृय अधिवेशन ” भन्ने नाराका साथ सुरु हुने अधिवेशनमा विशेष अतिथीको रुपमा पि बि एम एवम एसिया प्रदेश सह इन्चार्ज ओम शर्माको पनि उपस्थिति रहने अध्यक्ष इश्वर कठायतले जानकारी गराएका छन्।
कार्यक्रम स्थल जानको लागि दोङ्म्यो स्टेशनको ३ नं गेट नजिकै रहेको छ्।अधिवेशन तैयारीका सम्पूर्ण कार्य पूर्ण भइसकेको र कार्यक्रममा उपस्थित जनाउन कोरियाबासी नेपालीहरुमा अयोजकले अनुरोध गरेको छ।