मर्स्याङ्दी साङ्गीतिक सौगात भाग–३ मा ‘द एज् ब्यान्ड’को लाइभ साथमा ख्याति प्राप्त कलाकारहरू


अमिर योन्जन ।  कोरियाली चार्ड छुसकको अवसरमा लमजुङ परिवार दक्षिण कोरियाले ‘मर्स्याङ्दी साङ्गीतिक सौगात भाग–३’ आयोजना गर्ने भएको छ । छुसकको अघिल्लो दिन सेप्टेम्बर १५ गते आइतबार ‘द एज् ब्यान्ड’को प्रस्तुतिसँगै चर्चित कलाकारहरूको साथमा लाइभ इन सउल गर्ने भएको हो ।

आइतबार सउलमा पोस्टर सार्वजनिक गर्दै लमजुङ परिवारले ‘द एज् ब्यान्ड’को कलाकारहरूको साथमा चर्चित दोहोरी कलाकार मिलन लामा, डान्स युनिभर्स २०२३ का विजेता खुसी कार्की र नेपाल आइडल सिजन ३ का विजेता सज्जा चौलागाँई साङ्गीतिक प्रस्तुति हुने जनाकारी दिए । साथमा स्थानीय कलाकार टिकटक स्टार तथा डान्सर सुन्दर घलानको बेजाेड प्रस्तुति हुने छ ।

कार्यवाहक अध्यक्ष सन्तोष धिंगालले पोस्टर सार्वजनिक कार्यक्रममा बोल्दै द एज् ब्यान्डका साथमा लोक, नृत्य लगायतका प्रस्तुतिहरूको लागि कलाकारहरू छनोट गरेको बताए । कोरियामा आवास गृह व्यवस्थापन तथा आपतकालीन राहत कोष सहयोगार्थ स्वरूप ‘मर्स्याङ्दी साङ्गीतिक सौगात भाग–३’  आयोजना गर्न लागेका उनले बताए । कार्यवाहक अध्यक्ष सन्तोष धिंगालले भने, प्रवासको ठाउँमा कुन बेला के आपत्, विपत् आउँदो रहेछ, त्यसमा तत्कालै समस्या समाधानको लागि पहिलो कुरा भनेको आर्थिक चाहिने रहेछ र भोगेको पनि छ । र यहाँ रहेको आवास गृह(सेल्टर) व्यवस्थापनमा केही सहयोग जुटाउनका लागि कार्यक्रम आयोजना गर्न लागेका हो । रमाइलोसँगै समस्याहरुको समाधानको लागि गर्नु परेको उनले बताए ।

कार्यक्रम संयोजक जमानसिंह गुरुङले सबै कलाकारको भिसा लागिसकेको बताए । उनले भने, सबै कलाकारको भिसा आइसकेकोले अवस्था हो । त्यसैले प्रचारप्रसार र कार्यक्रम सफल पार्न तयारी तीव्र भइरहेको छ । संयोजक गुरुङले लगभग ६ हजार दर्शक अटाउन सक्ने हलमा कार्यक्रम हुने जानकारी दिए । उनेले भने, दर्शक नअट्ने भन्ने हुँदैन, जति सक्दो आउनुस्, ठाउँ छ । कार्यक्रमको लागि आर्थिक स‌ंयोजक भुमी गुरूङलाई आयाेजकले चयन गरेकाे छ ।

हलमा जानलाई कार्यक्रमको दिन बसको व्यवस्था रहेको आयोजकले बताएको । हलको ठेगाना यस प्रकारको छ: 고려대학교서울캠퍼스화정체육관 (서울 성북구 안엄동5가 126-28) । Korea University, Seoul Campus.

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • रारा सांगीतिक सौगात टिकटक इभेन्टबाट नगद पुरस्कार जित्न सकिने
  • छुसकमा गरिने सांगीतिक कार्यक्रमको जानकारी सम्बन्धी एनसिसीद्वारा पत्रकार सम्मेलन सम्पन्न
  • रामेछाप सम्पर्क समितिको छुसकमा बृहत् भेटघाट तथा साङ्गीतिक कार्यक्रम
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...