Advertisement
SKIP THIS

नेपाल जनप्रगतिशिल मन्च कोरियाको अध्यक्षमा जिवन खतिवडा निवार्चित


अमिर योन्जन । नेपाली जनप्रगतिशील मन्च दक्षिण कोरियाको छैठौं राष्ट्रिय अधिबेशनबाट अध्यक्षमा जिवन खतिवडा निवार्चित भएको छ । आइतबार सौलमा नेपालबाट आएकी पूर्वमन्त्री तथा नेकपा माओवादीका उपाध्यक्ष प्रमुख अथितिमा सम्पन्न भएको अधिवेशनबाट खतिवडाको अध्यक्षतामा कार्यसमिति चयन भएका छन् ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा रुद्र थापा, उपाध्यक्षहरुमा बिबि स्याङ्तान, नवीन परियार, मानबहादुर बिष्ट, राजेन्द्र फुयाल चयन भएका छन् ।

अधिवेशनले महासचिवमा सुबिन्द्र मगर र सचिवहरुमा सुरेन्द्र लावती, चरित्र शाही, रामदेव बिष्ट, दावाफिन्जो तामाङ, हरि शाही चयन भएका छन् । कोषाध्यक्षमा रुक्मा बम चयन भएकी छिन् ।

सदस्यहरुमा गिरबहादुर बुढा मगर, दिवस घर्ती मगर, मौसम बम्जन, नविशा लावती, नकुल राई, चक्र महतारा, जिवि सुनुवार र दशरथ कुँवर छन् ।

विहान ११ बजे भनिएको कार्यक्रममा २ घण्टा ढिला सुरु भएको थियो । कार्यक्रम सुरुमा जनयुद्ध सहिद दिलबहादुर रम्तेलको फोटोमा फूल अर्पण गरी औपचारिक कार्यक्रम सुचारु भएको थियो ।

नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष तथा एसिया प्रदेश कमिटी इन्चार्ज पम्फा भुसालले अहिलेको सरकारले सङ्घीयता खोस्ने तरिकाबाट अगाडि बढेको बताएकी छन् । उनले भनिन्, ‘समानुपातिक समावेशी प्रणाली समाप्त पार्ने, बहुदलीय प्रणाली समाप्त पर्ने गरी अगाडि बढेको छ ।’ ‘भ्रष्टाचारलाई ढाकछोप गर्न रातारात बिचौलियाको घरमा सम्झौता गरेको छ । अधिकार खोस्ने षड्यन्त्र हुँदैछ तपाईँहरू सचेत रहनोस्, उनले सबैमा अग्राह गरिन्’

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्ण राई एन्ड दाजुभाइहरुको लाइभ कन्सर्टमा झुमे कोरियाका दर्शक
  • दोस्रो हप्ता पनि कोरियामा अञ्जिलाका लागि उर्लिए मानव सागर
  • दक्षिण कोरियामा १० दिन देखि लागेको आगो अझै नियन्त्रण भएन, ३० जनाको मृत्यु
  • दुतावासबाट प्रत्येक शुक्रवार दिनको ३ बजे २५० जनाका लागि अपोइन्टमेन्ट खुल्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...