ताप्लेजुङ वनभोज कार्यक्रमको आयव्यय सार्वजनिक , ५१ लाख वन वचत गर्न सफल
ताप्लेजुङ सम्पर्क समितिद्वारा आयोजित वनभोज कार्यक्रमको आयव्यय सार्वजनिक गरिएको छ। संस्थाले वनभोज कार्यक्रमबाट १ करोड ५४ लाख २५ हजार वन संकलन गरेको थियो भने १ करोड २ लाख ३५ हजार ४० वन खर्च गरि ५१ लाख ८९ हजार ९ सय ६० वन वचत गर्न सफल भएको छ।
उक्त वनभोज कार्यक्रम गर्मि विदाको अवसर पारेर अगस्ट ३/४ तारिख आयोजना गरिएको थियो। वनभोजमा पुरुष १३८ र १६ जना महिला जना सहभागि भएको अध्यक्ष अर्जुन सेन्दाङले फोनिज कोरियाला जानकारी गराएका छन्।
वनभोजमा विभिन्न परिकारको साथमा विविध खेलकुद प्रतियोगिता समेत राखिएको थियो। वनभोज सफल बनाउनको निम्ति सहभागि सबैमा आयोजकले विशेष धन्यवाद व्यक्त गरेको छ।