Advertisement
SKIP THIS

आफ्नो भाषा किन सिक्नुपर्छ?


(१) भाषाको जिनेटिक सम्बन्ध हुन्छ,
~ भाषा भनेको ध्वनिहरुको सिस्टम्याटिक उच्चारण हो। भाषा र मानिसको सम्बन्ध लाखौँ वर्षको छ। ध्वनिहरुको उच्चारण अनुसार शारीरमा अवयवहरुको निर्माण हुन्छ। तपाईंको पुर्खाहरुले जुन ध्वनिको हजारौँ वर्ष उच्चारण गरे, तपाईंको शरीरपनि त्यही ध्वनिहरुको लागि तयार भएको हुन्छ। जस्तो हजारौँ वर्ष बिरालोले म्याऊँ गरेको कारण, बिरालोको बच्चा जन्मिदै म्याऊँ गर्न तयार हुन्छ। हजारौँ वर्ष हाम्रो पुर्खाले याक्थुङ भाषा बोल्ने गरेको हुनाले हाम्रो शरीरपनि त्यहि भाषाको लागि तयार थियो तर हामीलाई जबर्जस्ति अर्को भाषा सिकाइयो। त्यो गलत भयो।

(२) ज्ञानप्रणालीको क्रमभंग हुन नदिन,
~ भाषाभित्र हजारौँ वर्षदेखिको ज्ञान संग्रहित हुन्छ। भाषाको माध्यमबाट एक पुस्ताले गरेको खोज, अनुसन्धान, अनुभव, संस्कार, परम्परा अर्को पुस्तालाई ट्रान्सफर गरिन्छ। अघिल्लो पुस्ताले हासिल गरेको ज्ञानलाई आधार बनाएर नयाँ पुस्ताले थप खोज, अनुसन्धान गर्ने हो। तर जब आफ्नो पुर्खाहरुले बोल्दै गरेको भाषा पुर्णरुपले छोडेर अर्को भाषा बोल्न थालिन्छ, चिन्तनप्रणालीमा नै ब्रेक लाग्छ। लठेप्रो भइन्छ। मौलिक ज्ञान नष्ट हुन्छ। पुर्खाबाट अलग भइन्छ। रुखबाट भाँचिएको हाँगा जस्तो भइन्छ।

(३) आफ्नो स्वाभिमान बचाई राख्न,

~ आफ्नो भाषा त्यागेर अर्काको भाषा सिक्नु भनेको आफ्नो घर भत्काएर अर्काको घरमा गोठालो बस्नु जस्तो हो। भतुवा हुनु हो। यो एकदमै जटिल कुरा हो। अहिले पश्चिमाहरुले भाषाको प्रयोग गरेर दुनियाँलाई भतुवा बनाइरहेको छन्। हामी बौद्धिक अपांग भएका छौँ। हामी उनीहरुको कम्पनीमा काम गर्ने, घरको काम गर्ने दास जस्तो भएका छौँ। परनिर्भर भएका छौँ। आफ्नो छोडेर अरुको भाषासंस्कृति ग्रहण गरेको मान्छेमा कहिल्यै उच्च confidence level हुँदैन।

(४) सिर्जनशील क्षमता कायम राख्न,
~ हजारौँ बूकहरुको ठेली पढ्नु र घोक्नुले खास जीन्दगीको महत्त्व राख्दैन। तपाईंले केही नयाँ दिनु भयो कि भएन, त्यो ठूलो कुरा हो। सिर्जनशील विचारको लागि बेजोडको कल्पना शक्ति चाहिन्छ। आफ्नो भाषा छोड्नेहरुको कल्पना शक्ति कमजोर हुन्छ। कुनै पनि विषयमा प्रष्ट भइदैन। दिग्भ्रमित भइन्छ। अर्काको भाषामा अध्ययन गर्नु भनेको व्यर्थ उर्जाको खपत गर्नु हो। समय बर्बाद गर्नु हो। जतिसुकै अर्काको भाषा पढेपनि विज्ञता हासिल गरेपनि त्यो भाषामा कहिल्यै कल्पना गर्न सकिदैन। सपना देखिदैन।

लेखक किरात याक्थुङ चुम्लुङ कोरिया छल्लादो शाखाका अध्यक्ष हुनुहुन्छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्ण राई एन्ड दाजुभाइहरुको लाइभ कन्सर्टमा झुमे कोरियाका दर्शक
  • दोस्रो हप्ता पनि कोरियामा अञ्जिलाका लागि उर्लिए मानव सागर
  • दक्षिण कोरियामा १० दिन देखि लागेको आगो अझै नियन्त्रण भएन, ३० जनाको मृत्यु
  • दुतावासबाट प्रत्येक शुक्रवार दिनको ३ बजे २५० जनाका लागि अपोइन्टमेन्ट खुल्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...