रारा सांगीतिक सौगात टिकटक इभेन्टबाट नगद पुरस्कार जित्न सकिने
कोरियाको महान चाड छुसकको अवसरमा आयोजित रारा सांगितिक कार्यक्रमको टिकटक भिडियो बनाएर नगद पुरस्कार जित्न सकिने छ। प्रथम हुने भिडियोले १ लाख ५० हजार वन दोश्रो भिडियोलाई १ लाख वन र तेस्रो हुनेलाई ७५ हजार वन प्रदान गरिने छ भने सबै विजेतालाई १/१ ओटा फ्री टिकट पनि उपलब्ध गराइने छ।
यो अभियान सेम्प्टेम्बर १ देखि १३ तारिख राति १२ बजेसम्म खुला रहने छ। यस इभेन्टमा सहभागि हुन निम्न सर्तहरु पूरा गर्नुपर्ने छ।
(१) भिडियो रारा सांगीतिक सौगात कार्यक्रम् सँग सम्बन्धित हुनु गर्नुपर्नेछ।
(२) कार्यक्रममा आमन्त्रित सम्पूर्ण कलाकारहरूलाई समेट्नुका साथै कार्यक्रम हुने मिति, स्थान र समयको स्पष्ट रूपमा जानकारी गराइएको हुनु पर्ने वा ब्यानर को प्रयोग गर्न सकिने छ।
(३) इभेन्टमा सहभागि हुने प्रतियोगीले आफ्नो व्यक्तिगत फेसबुक आइडिमा उक्त भेडियो अपलोड गरी कम्तिमा १० जनालाई ट्याग गर्नुको साथै ०५वटा फेसबुक ग्रुपहरुमा सेर गरेको हुनुपर्ने छ।
(४) संस्थाको टिकटक आइडि अनिवार्य रूपमा फलो गर्नु पर्नेछ।
सेप्टेम्बर १४ तारिख राति ९ बजे नतिजा घोषणा गरिने हुँदा त्यस दिनको बेलुकि ५ बजे अगाडि नै टिकटक भिडियोको स्क्रिन सट संस्थाको आधिकारिक पेजमा म्यासेज गर्नुपर्ने छ। नतिजा घोषणामा विवाद सिर्जना भए संस्थाको निर्णय नै अन्तिम हुने आयोजकले जनाएको छ।
सेप्टेबर १६ मा आयोजना हुने सांगितिक कार्यक्रममा प्रमोद खरेल, मेलिना राई, आस्मा विश्वकर्मा , सुनिता बिसी , भगिरथ चलाउने र मेक्सम गौडेलको दमदार प्रस्तुति रहने छ।
संस्थाको टिकटक आइडि https://www.tiktok.com/@karnaliprovincesocietys2?_t=8pKMuheZfQG&_r=1
संस्थाको फेसबुक आइडि https://www.facebook.com/sunarroshnee