Advertisement
SKIP THIS

छुसकको दोस्रो दिन शेर्पा सङ्घले ‘हिमालयन साङ्गीतिक धमाका–२०२४ गर्ने


अमिर योन्जन । शेर्पा सङ्घ, दक्षिण कोरियाले छुसकमा ‘हिमालयन साङ्गीतिक धमाका–२०२४’ गर्ने भएको छ । छुसकको दोस्रो दिन १७ गते सउलमा नेपालका चर्चित कलाकारहरूको साथमा पहिलो पटक साङ्गीतिक धमाका गर्ने भएको सङ्घले जनाएको छ ।

शेर्पा सङ्घले आइतबार सउलमा पोस्टर सार्वजनिक गर्दै नेपालबाट ख्याति प्राप्त कलाकार निमा रुम्बा, गायिका समीक्षा अधिकारी, गायक मिङमा शेर्पा, गायिका पाल्मु शेर्पा, डिजे एपी तेन्जिङ शेर्पा र सुनिल शाक्यलगायतको प्रस्तुतिको साथमा  हिमालयन साङ्गीतिक धमाका–२०२४ गर्ने जनाकारी दिए । सँगै कलाकारहरूको पनि बेजोड प्रस्तुति रहने शेर्पा सङ्घका अध्यक्ष दोर्जे शेर्पाले बताए ।

‘विपत् व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापनार्थ’ कार्यक्रम आयोजना गर्न लागेको कार्यक्रम संयोजक थुतुङ गेल्जी शेर्पाले बताए । कार्यक्रमको तयारी तीव्र भइरहेको पनि जनाकारी दिए । कलाकारको भिसा प्रोसेस सबै प्रक्रिया पुरा भएको जनाकारी दिए । हिमालयन साङ्गीतिक धमाका–२०२४ कार्यक्रमको लागि समन्वयन तथा सहकार्य नेपाल आदिवासी जनजाति महासङ्घ, दक्षिण कोरियाको गरेको संयोजक थुतुङ गेल्जी शेर्पाले बताए । उनले भने शेर्पा सङ्घ स्थापना भएदेखि नै पहिलो पटक बृहत् साङ्गीतिक कार्यक्रम गर्न लागेको बताए । सबैको एकै पटक साथ र सहयोगको लागि अपिल पनि गरेको छ ।

कोरियामा रहेका नेपालीहरूको लागि भइपरी आइरहेको समस्या तथा नेपालमा आपत् विपतमा केही सहयोग राहतको लागि कार्यक्रम आयोजना गर्न लागेको अध्यक्ष दोर्जे शेर्पाले बताए ।

नेपाल आदिवासी जनजाति (नेफिन), दक्षिण कोरियाको अध्यक्ष विशन राईले यो कार्यक्रम ऐतिहासिक र दीर्घाकालीन महत्त्व भएकोले यसको लागि शेर्पा समुदायका साथीहरू एकजुट भएर सफल बनाउन लागिपर्नु पर्ने बताएको छ । भोलि तपाई हामीलाई समस्या पर्दा संस्थागत रूपमा शेर्पा सङ्घ हो, त्यसैले सबैले सबै क्षेत्रबाट साथ सहयोग गर्न विशेष आग्रह गरेको छ । उनले नेफिन कोरियाले सबै प्रकारका सहयोग रहने बताए । नेफिन अध्यक्ष विशन राईले कार्यक्रम सफलताको लागि शुभकामना समेत दिए ।

त्यस्तै नेपाल तामाङ घेदुङ, दक्षिण कोरियाको अध्यक्ष राजकुमार स्याङ्तान, किराँत याक्थुङ चुम्लुङ, दक्षिण कोरियाका अध्यक्ष दिर्जा काङ्भा लिम्बु, तमु धीं दक्षिण कोरियाका अध्यक्ष रुपा गुरुङ र थारु कल्याणकारीकी सभाका पूर्व अध्यक्ष शिव शङ्कर थारुले कार्यक्रम सफलताको शुभकामना दिँदै आर्थिक, नैतिक र भौतिक सहकार्य रहने बताएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...