Advertisement
SKIP THIS

सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ११औ अधिवेशन सेप्टेम्बर १५ मा हुने


सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले ११औ अधिवेशन 2024 सेप्टेम्बर 15 तारीख छुसकको पहिलो दिन आइतबार १ बजे पुर्वि नेपाल दक्षिणको कोरियाको सभा हलमा ११औ अधिवेशन गर्ने जनाएको छ ।

2003 मा स्थापना भएको यस संस्थाले गत सलनालको अबसरमा कोरियामा रहदा भैपरी आउने समस्यलाई समाधान गर्न उदेश्यका साथ आपतकालीन राहत कोष स्थापनार्थ
“सबिन राई & फारोह ब्याण्डका” साथ नेपालका चर्चित कलाकारहरुको सहितको बृहत ऐतिहाँसिक “चोमोलोङ्मा सांगीतिक सौगात भाग-४ कार्यक्रम भब्य रूपमा सम्पन्न गरेको थियो ।

यस संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरि जिल्लामा सोलु दुधकुण्ड नगरपालिकामा रहेको हस्पिटल लाई एम्बुलेन्स प्रदान गरि सकेको छ भने कोरोना महामारीको बेला स्वास्थ सामाग्री जिल्लाका ८ पालिका लाई सहयोग गरेको थियो भने , केही पालिकामा स्वास्थ उपकरण हरु समेत पठाई सकेको छ भने यस्ता धेरै जिल्ला भित्र र कोरियामा पर्ने आपद बिपदमा सामाजिक तथा आर्थिक सहयोग जुट्दौ आएको छ । साथै यस संस्थाले विभिन्न सामाजिक संघ संस्थाहरु संग हातेमालो गर्दै स्थापना काल देखि हाल सम्म सामाजिक ,आर्थिक सहयोगको कार्यमा अनवरत रुपमा लागि रहेको छ ।

राजु राईको अध्यक्षतामा बनेको वर्तमान कार्यसमितिले सोलुखुम्बु सेवा समाज द. कोरियाको नाममा संस्थाको आधिकारिक वेबसाइट बनाई संस्थाले गरेका गतिविधिहरु त्यस मार्फत सुचित गराउने कार्य सपन्न गरेको छ । र सोलुखुम्बु जिल्लादेखि विभिन्न माध्यमबाट कोरिया प्रवेश गरेका व्यावसायिक, विद्यार्थी, ई.पि.एस., पारिवारिक, र अरु भिसा भएका कोरियामा रहेका सोलुखुम्बुवासीहरुको तथ्यांक संकलन सम्पन्न गरेको छ भने नयाँ कोरिया प्रवेश गर्नेहरुको तथ्याङ्क थप गर्ने क्रम निरन्तर जारी रहने छ ।

साथै सगरमाथा दिवस २०७९ को अवसरमा सोलुखुम्बु जिल्ला भित्रका जुनसुकै देशमा रहेका हरेक ब्यक्तिले सहभागी हुन सक्ने गरि सोलुखुम्बुको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्य सहित सोलुखुम्बु जिल्ला भित्रका धार्मिक, संस्कृतिक, ऐतिहासिक, पहिचानात्मक, पर्यटकीय स्थानहरुको बारेमा खुल्ला अनलाइन लेख तथा रचनाको कार्यक्रम सपन्न गरि प्रतिनिधि सभा सदस्य सोलुखुम्बुका माननीय हेमकुमार राई ज्यूको प्रमुख अतिथ्यतामा पर्यटन क्षेत्रमा योगदान गरिसक्नु भएका ब्यक्तित्व, सोलुखुम्बु सेवा समाजका पुर्व अध्यक्ष साथै पुर्व कार्यसमितिहरु लगायत सोलुखुम्बुवासीहरुको उपस्थितिमा पुरस्कार वितरण कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।

२ दशक भन्दा लामो इतिहास बोकेको यस संस्था सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले गत वर्ष आफ्नो २०औं स्थापना दिवसको अवसर पारी सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको स्मारिका प्रकाशनको गरेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...