चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
किरात याक्थुङ चुम्लुङ बुसान शाखाको पाँचौ अधिवेशन सम्पन्न भएको छ। सेप्टेम्बर १५ तारिख सम्पन्न अधिवेशनले प्रताप इधिङ्गोको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति गठन गरेको छ।
नयाँ समितीको बरिष्ठ उपाध्यक्षमा – अर्जुन सुब्बा , महिला उपाध्यक्षमा बिमन्ता लिम्बू चयन भएका छन भने उपाध्यक्षहरुमा सन्तोस योङहाङ , ज्ञानेन्द्र बेघा र मनिराज तेयुङ रहेका छन्। सचिवमा गोपाल चेम्जोङ , सह सचिवमा अबिल चेम्जोङ र शुनिता लिम्बु (सेर्मा) चयन गरिएको छ। यसैगरि कोषाध्यक्षमा श्री चेम्जोङ चयन हुँदा सह कोषाध्यक्षमा मोहन सिंह ईधिड्गो रहेका छन्। सदस्यहरुमा सुदिप लिम्बू, प्रदिप लिम्बु , बिनिता सेनेहाङ , श्याम लिम्बू, बिक्रम लिम्बू, शुरेन शेर्मा , प्रदिप हुक्पा चोङ्वाङ मणि लिम्बु , निरा फागो , एल. बी. योङ्हाङ, छत्र निङ्लेखु र प्रसान्त निङ्लेखु रहेका छन्।
चुम्लुङ बुसान शाखाका अध्यक्ष सञ्जोग कन्दङ्वाको अध्यक्षता र चुम्लुङ कोरियाका केन्दृय महासचिव विनोद सौदेनको प्रमूख आतिथ्यमा सम्पन्न अधिवेशनमा विभिन्न जातिय एवम क्षेत्रीय संस्थाहरुको उपस्थिति रहेको थियो।