गायिका इन्द्रेनी लोप्चनको तामाङ सेलो ‘बर्कोमा लुक्ने मैच्याङ’ सर्वाजनिक
गायिका इन्द्रेनी लोप्चन तामाङको तामाङ सेलो ‘बर्कोमा लुक्ने मैच्याङ’ शुक्रवार ईन्देणी लोप्चन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
यस गीतमा गायक तथा संगीतकार विशाल काल्तान र गायिका इन्द्रेनी लोप्चनको स्वर रहेको छ ।
नेपाली गीतसंगीत क्षेत्रमा भर्खरै प्रवेश गरेकी गायिक तथा मोडल ईन्द्रेणी निकै ब्यस्त छिन् । उनको यो गीत ‘बर्कोमा लुक्ने मैच्याङ’, ‘IM JUST 13’ ‘मै प्यारी छोरी’ ‘मायाको तिर्सनाले’ ‘होई आपा होई आमा’ ‘हिउँ जस्तै गोरी’ ‘मन मेरो तिमीलाई’ पछिको सातौं सांगितीक कोसेली हो ।
यो म्युजिक भिडियोमा नायक अमिर दोङ, अस्मिता तामाङ र बाल कलाकार श्रेया घिसिङको अभिनय देख्न सकिन्छ ।
यस गीतको शब्द गीतकार कुमार स्याङबाको र संगीत स्वयम गायक विशाल काल्तानको रहेको छ ।
प्रतिक ङेसुरको निर्देशन, लक्पा दोर्जे तामाङको छायांकन रहेको भिडियोमा अमृत चापागाईको सम्पादन रहेको छ । उक्त गीतको अडियो एरेन्ज चन्द सिहं मिक्स-मास्टरिङ दिपेश प्रधानले गरेका हुन् ।