अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने


दक्षिण कोरियाको आन्सान सहरमा वृहत महोत्सवको रुपमा दशैँ मनाइने भएको छ। सनातन साहित्य संगीत साधना समूह “पाँच स” , गैर आवासिय नेपाली संघ (एन आर एन ए ) र आन्सान सिटि दक्षिण कोरियाको प्रमूख आयोजना रहने उक्त महोत्सव अक्टोबर १३ तारिखका दिन मनाइने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ।

नेपालीहरुको महान पर्व दशैँलाई साँस्कृतिक रुपले मनाउँदै प्रवासमा पनि नेपाली सँस्कृतिको संवर्द्धन र प्रवर्द्धन गरि नेपालीको पहिचान झल्काउने उद्देश्य अनुरुप यो महोत्सवको आयोजना गरिएको पाँच स का अध्यक्ष एवम कार्यक्रम संयोजक विष्णु थापाले बताएका थिए। साथै उनले विगतमा पनि मनाउँदै आइरहेको दशैँ कार्यक्रम यो वर्ष कोरियाका ठूला नेपाली संस्थाहरु एकसाथ हुँदा अझ वृहत हुने आशा व्यक्त गरेका थिए। प्रवासमा सबैको चाडलाई नेपाली चाड सम्झेर मनाउनको लागि एन आर एन कोरियाका अध्यक्ष वुद्दि गुरुङले आग्रह गरेका थिए। यसैगरी एन आर एन कोरियाका महासचिव डा केशव थापाले एन आर एन संस्थागत रुपमा नै नेपाल भित्रका अन्य मौलिक चाड मनाउनको लागि पनि समन्वय गर्न तयार रहेको बताएका थिए।

आयोजकका अनुसार यस कार्यक्रमको समन्वय नेपाली राजदुतावास सौलले गर्नेछ भने नेपाली सम्पर्क समिति एनसिसीले सहजिकरणको भूमिका निर्वाह गर्नेछ। यसैगरी प्रादेशिक संस्था बागमति , लुम्बिनी प्रदेश र तराई मधेश सामज साथै अन्य जिल्लागत , साहित्यिक, राजनितिक संस्थाहरुको विशेष सहयोग रहने छ। हिजोसम्म आवद्ध हुन नसकेका संस्थाहरु यो हप्तासम्म छलफल गरि आवद्ध गरिने आयोजकले जनाएको छ।

वृहत दशैँ कार्यक्रममा नेपाली मौलिक परिकार, साँस्कृतिक झाँकि, पञ्चेबाजा आदि हुनेछन्। यसगरि कोरियामा रहेको जेष्ठ नेपाली नागरिकबाट टीका तथा प्रसाद ग्रहण गरिने तयारी रहेको छ। नेपाली सँस्कृतिको अलावा कोरियन संस्कृति झल्किने झाँकिहरु पनि प्रस्तुत हुने आयोजकले जनाएको छ।

वृहत दशैँ महोत्सवमा कोरियामा रहेका सम्पूर्ण नेपालीहरुलाई आफ्नो आफ्नो मौलिक पोसाकमा सजिएर उपस्थित जनाउनको लागि आयोजकले अनुरोध गरेको छ। विगत ७ वर्ष देखि लगातार दशैँ कार्यक्रमको आयोजना गर्दै आएको संस्था पाँच स एक सकृय संस्था हो। यो संस्थाले विभिन्न साँस्कृतिक कार्यक्रम, सामाजिक सेवा साथै आन्सानमा एकमात्र नेपाली पुस्तकालय सञ्चालन गर्दै आइरहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...