“१२ गाउँ” कोरियामा प्रदर्शन हुने, कुन शो कहाँ र कहिले हुँदैछ?
दशैँको अवसर पारेर फुलपातीको दिन रिलिज गरिएको चलचित्र १२ गाउँ कोरियामा पनि प्रदर्शन हुने भएको छ। कोरियामा दर्शकहरुको अत्याधिक माग भएर चलचित्र प्रदर्शन गर्न लागिएको आयोजकहरुले जनाएका छन्। प्रदर्शन अगावै चर्चा कमाउन सफल यस चलचित्र प्रदर्शन पछि अझ धेरै प्रशंसा र दर्शकको माया बटुल्न सफल भएको पाइन्छ।
कोरिया शो अन्तर्गत अक्टोबर २० तारिख नमस्ते नेपाल फ्याफुल्ला इन्टरटेनमेन्ट कोरियाले किम्हे शहरमा प्रदर्शन गर्दै छ भने कृएटिभ एम्बिसन नेपालले गिम्पो शहरमा २७ तारिख प्रदर्शन गर्ने मिति तय भएको छ। यसैगरी नोभेम्बर २ तारिख जेजु नेपाल कमिटिले जेजुदोमा प्रदर्शन गर्ने भएको छ। जेजुदोमा भने बेलुकि ७ बजेको शो रहेको छ।
देश तथा विदेशमा सुपरहिट भैरहेको चलचित्र १२ गाउँमा विराज भट्ट, दिया मास्के, मुरलीधर, सुलेमान शंकर , सोनु चन्द्रपाल आदिको अभिनय रहेको छ साथै विराज भट्टका छोरा समिर भट्टको डेब्यु रहेको छ। सन्तोष सरकारको लेखन रहेको चलचित्रलाई नायक विराज भट्टले नै निर्देशन गरेका छन्।
सुवन शो बूक भएपनि मिति तय भैनसकेको वितरकले जनाएको छ। फिल्म शो बूकिङको लागि सुशिल पाण्डे 01046480402 ) र तिलक हमाल (01082135529 ) लाई सम्पर्क गर्न सकिनेछ।