लामिछानेको पक्राउ विरुद्ध प्रवास नेपाली सम्पर्क विभागको प्रेस विज्ञप्ति
सहकारी ठगी प्रकरण अनुसन्धानको लागि रास्वपा पार्टी सभापति , पूर्व उपप्रधानमन्त्री एवम पूर्व गृहमन्त्री रवि लामिछानेको पक्राउ विरुद्धमा प्रवास नेपाली सम्पर्क विभाग कोरियाले प्रेस विज्ञप्ति जारी गरेको छ।
जारी विज्ञप्तीमा “बर्तमान सरकारको निहित स्वार्थ पूरा गर्न भ्रष्ट र तस्करलाई संरक्षण गरि आफ्नो कालो कर्तुत लुकाउन र पार्टीका जघन्य अपराधी आसेपासे जोगाउन बनेको बर्तमान सरकारको भ्रष्ट र अनैतिक कृयाकलाप प्रति घोर भत्सर्ना गर्दछौँ। ” भनिएको छ।
यसैगरी प्रतिसोध , सुनियोजित, षडयन्त्रपूर्ण तवरले सभापति लामिछनेको पक्राउले पार्टीलाई कमजोर बनाउने प्रयास निन्दनिय रहेको बताइएको छ। ओली सरकारले बालेन शाह, कुलमान घिसिङ जस्तालाई असहयोग गरेको आरोप लगाउँदै लोकतान्त्रिक पद्धति र पारदर्शिताको पक्षमा एकजुट हुन सबै नेपालीलाई आग्रह गरेको छ।
कास्की जिल्ला अदालतको अनुमतिमा गत सुक्रबार लामिछानेलाई पक्राउ गरि पोखरा लगिएको छ। उनको पक्राउ विरुद्ध समर्थकहरुले प्रदर्शन गरिरहेका छन्।