दोश्रो महाकुलुङ ऐतिहासिक साहित्यिक कार्यक्रम सम्पन्न


 सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा दोश्रो महाकुलुङ ऐतिहासिक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।  साहित्य समाजको पहिचान, युवा साहित्यकारलाई उजागर हाम्रो अभियान भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम २०८१ असाेज २८ गते सोमबार महाकुलुङ गाउँपालिकाका उपाध्यक्ष विपना कुलुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १३ जना साहित्यकारहरू आफ्ना रचना वाचन गरेका थिए ।

कार्यक्रममा साहित्यकारहरू गजल, मुक्तक, हाइकु, कविता ,लघुकथा वाचन गरि सुनाएका थिए ।  भाषा र साहित्यको विकास तथा संरक्षणको उद्देश्य सहित स्थानीय साहित्यकार मनुहाङ किराती साेलुको प्रयासमा आयोजित साहित्यिक कार्यक्रममा स्थानीय साहित्यमा योगदान पु¥रयाउने १ जना लाई सम्मान समेत गरिएको छ ।  सम्मानित हुनेमा लामो समय साहित्यिक क्षेत्रमा रहेर भाषा र साहित्यको विकास र संरक्षणमा योगदान पु¥याउने मन बहादुर कुलुङलाई दोसल्ला र सम्मान पत्र सहित सम्मानीत हुनभएकाे छ ।  यस्तै मनुहाङ किरातीकाे माता ७३ वर्षीय थेप्लीमनी कुलुङलाई पनि दाेसल्ला ओढाएर सम्मान गरिएको छ ।  

गत वर्ष प्रतियोगिताको रुपमा आयोजना गरिएको प्रथम महाकुलुङ ऐतिहासिक साहित्यिक कार्यक्रमको निरन्तरता स्वरुप यस वर्ष पनि अप्रतियोगी कार्यक्रमको रुपमा आयोजना गरिएको आयोजक मनुहाङ किराती सोलुले बताउनुभयो ।  उहाँले आगामी वर्ष प्रतियोगिताको रुपमा आयोजना गर्ने गरि तयारी गर्ने उल्लेख गर्नुभएको छ ।  सोमबार आयोजित कार्यक्रममा रचना वाचन गर्ने १३ जनालाई सम्मान पत्रले सम्मान गरिएको किराँतीले बताउनुभयो ।  कार्यक्रममा महाकुलुङ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष महल सिं कुलुङ, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थी स्थानीय लगायत गरि सायौँको उपस्थिति रहेको थियो ।  

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “१२ गाउँको” सुवन शोको टिकट सोल्ड आउट “मनसराको” रेकर्ड ब्रेक
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • “१२ गाउँ ” को किम्हे शो हाउसफुल, टिकट नपाएर फर्किने धेरै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...