काठमाण्डौंमा घर जित्न तीन साता बाँकी
कोरियाबाट फोनमनीमार्फत पैसा पठाउँदा लक्की ड्रबाट काठमाण्डौंमा घर जित्ने समय अब तीन साता मात्रै बाँकी रहेको छ । यो योजनामा कार्तिक ३० गतेसम्ममा मात्र सहभागी हुन पाउने छ ।
घर जित्नका लागि फोनमनिबाट इ–सेवा मनी ट्रान्सफर मार्फत इ–सेवा वालेटमा पैसा पठाउनु पर्ने छ । इ–सेवा मनी ट्रान्सफरको ग्लोबल अफर मध्येबाट कोरियामा फोनमनीमार्फत पैसा पठाउनेले काठमाण्डौंमा घर जित्ने अफरमा सहभागी पाउन सकिने कम्पनीले जनाएको छ । ‘दसैँ खर्च इ–सेवामा, घर काठमाण्डौंमा’ भन्ने नाराका साथ यो योजना ल्याएको हो ।
केही समय अगाडी इ–सेवा मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्टर तथा महानायक राजेश हमालले एक कार्यक्रमका बिच साढे दुई तले घर ललितपुरमा सार्वजनिक गरिसकेका छन् ।
यसै गरी फोनमनिले २०२४ भित्र कारोबार गर्ने मध्येबाट एक जनालाई कोरियामा करोडपति बनाउने योजना पनि सञ्चालनमा छ । त्यस्तै हरेक हप्ता एक जनाले सो हप्तामा नेपाल पैसा पठाएको रकम डबल हुने अफर पनि चलिरहेको छ । जस अन्तर्गत यो १३औँ हप्ताको पैसा डबल श्रीकृष्ण तिमिल्सिनाले जितेको छ । १२ औँ हप्ताको विजेता विशाल गुरुङले जित्यो । १३ जनाले पैसा डबल जितेपछि कोरियामा यो योजना नेपालीमाझ प्रख्यात छ ।
फोनमनिले नेपालमा पैसा पठाउँदा शून्य सेवा शुल्कमा सेवा प्रदान गर्दै आइरहेको छ । फोनमनिले अफरहरूमा सहभागीको लागि अनुरोध गर्दै सेवाग्राहीलाई सरल र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको दाबी छ । सञ्चालनको छोटो समयमा नै यो सेवा नेपालीहरूको विश्वासिलो रेमिट बन्न सकेको कम्पनीको बताएको छ ।