चुम्लुङ जेजुदो शाखाको अधिवेशन सम्पन्न, नेतृत्वमा शुष्मा नाल्बो
किरात याक्थुङ चुम्लुङ जेजुदो शाखाको चौथो अधिवेशन सम्पन्न भएको छ। जेजुदोको केयुसिटि सभाहलमा अक्टोबर २६ मा सम्पन्न अधिवेसनले सुष्मा नाल्बोलाई अध्यक्षमा सर्वसम्म चयन गरेको छ। बुसान पछि जेजुदोले पनि चुम्लुङमा महिला नेतृ पाएको छ। नाल्बोको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बिकाश खेवा चयन हुँदा उपाध्यक्षमा अशोक लावती र बिरु खापुङ चयन भएका छन्। यसैगरी सचिवको जिम्मेवारी शैलेन तुम्बापो र कोषाध्यक्षमा नारायण मादेनलाई जिम्मेवारि दिइएको छ भने सह कोषाध्यक्षमा बसन्ति लावती चयन भएकि छन्। सदस्यहरुमा बिनय तुम्बापो , गौरव नुगु , सन्तोष नेम्बाङ , होमिट मेयाङबो , शुभचन्द्र निङलेकु र दीपेश केदेम चयन भएका छन्।
अधिवेसनमा कियाचु कोरिया केन्द्रका महासचिव विनोद सौदेनको प्रमुख आतिथ्य र कियाचु जेजुदो शाखाका अध्यक्ष नविन लिम्बूको अध्यक्षता रहेको थियो भने सुमन हाङस्रोङ लिम्बू निर्वाचन मण्डल समितिका संयोजक र सदस्यहरुमा शुभद्रा पालुङवा साथै अर्जुन तुम्बापो लिम्बू रहेका थिए।