Advertisement
SKIP THIS

सिस्नेरीमा पहिरोले पुरिएका ६ खेलाडीका लागि कोरियाबाट डेढ लाख सहयोग


असोज १२ गतेको बाढी पहिरोले एन्फा सिस्नेरी क्याम्पका ६ जना खेलाडी पुरिएर मृत्यु भएका परिवारको लागि दक्षिण कोरियाबाट एक लाख पचास हजार नेपाली रुपैयाँ हस्तान्तरण गरेको छ ।

आइतबार कोरियाको सौलमा नेपाल फुटबल महासङ्घ, दक्षिण कोरियाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कज विक्रम नेम्बाङलाई जनाही पचीस हजारकाे दरले प्रदान गर्न हस्तान्तरण गरेको हो । एन्फा अध्यक्ष नेम्बाङ सोमबारदेखि हुने कोरियन फुटबल महासङ्घको गोष्ठी र एएफसी अवार्ड समारोहमा सहभागी हुन आइतबार बिहान कोरिया आइपुगेको थियो । उक्त रकम  नेपाल फुटबल महासङ्घ, दक्षिण कोरियाको अक्षयकोषबाट सहयाेग गरेको महासचिव राज थापा श्रेष्ठले बताए ।

हस्तान्तरणपछि कार्यक्रममा बोल्दै अध्यक्ष नेम्बाङले उक्त रकमलाई नेपालमा परिवारलाई हस्तान्तरण गर्ने बताए । साथै ६ जना खेलाडीहरूको स्मृतिमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता, सालिक बनाउने लगायतको योजना रहेको बताए ।

सो घटनामा हेटौँडाका अनुपम घलान, मकवानपुरगढीका साइमन योन्जन र इन्द्र सरोवरका दिवस बानियाँ तथा सर्लाहीका आदित्य बलम्पाकी, काठमाडौँका रियान्स आचार्य र बाराका विकल रेग्मीको मृत्यु भएको थियो ।

एन्फा अध्यक्ष नेम्बाङलाई नेपाल फुटबल महासङ्घ, दक्षिण कोरिया सम्मान पत्र र दोसल्लाले सम्मान गरेको थियो । नेपाल फुटबल महासङ्घ, दक्षिण कोरियाको अध्यक्ष कृष्ण गुरुङ (ब्रो तमु)को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्ण राई एन्ड दाजुभाइहरुको लाइभ कन्सर्टमा झुमे कोरियाका दर्शक
  • दोस्रो हप्ता पनि कोरियामा अञ्जिलाका लागि उर्लिए मानव सागर
  • दक्षिण कोरियामा १० दिन देखि लागेको आगो अझै नियन्त्रण भएन, ३० जनाको मृत्यु
  • दुतावासबाट प्रत्येक शुक्रवार दिनको ३ बजे २५० जनाका लागि अपोइन्टमेन्ट खुल्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...