विनोद सौदेनको नेतृत्वमा चुम्लुङ कोरियाको नयाँ समिति गठन


किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १३ औँ महाधिवेशन सम्पन्न भएको छ। नोभेम्बर ३ तारिख पूर्वी नेपाल समाजको हलमा सम्पन्न महाधिविशनले विनोद सौदेनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। यसैगरी बरिष्ठ उपाध्यक्षमा मनोज मादेम्बा चयन हुँदा उपाध्यक्षमा बिरेन लिङ्देन, माङ्सालुङमा तुम्बापो , दुर्गा चेम्जोङ माबोहाङ , विराज ऐक्तेन , डम्बर केदेम , सरोज योङहाङ र रमेस लक्सम चयन भएका छन्।

नयाँ कार्यसमितीको महासचिवमा हर्क सुब्बा चेम्जोङ, सचिवमा डि बी योङ्हाङ, सचिवमा उत्तम कुमार लिम्बु रहेका छन्। यसैगरी कोषाध्यक्षमा बिरेन खेवा लिम्बु र सह कोषाध्यमा राजन सौदेन चयन भएका छन्। सदस्यहरुमा समिर योङहाङ , मणि संयङ लिम्बु , रण बा आङदेम्बे, सागर खजुम , रूपेस पालुङवा , चन्द्र लिम्बु , श्रेहाङ ईधिङगो धिरेन लिङज्याङ , बुद्धि वल लिम्बु , प्रकास सौदेन , दिल कुमार लिम्बु , रिस्ता सौदेन , सिर्जना नेम्बाङ र रचना सौदेन चयन भएका छन्। साथै चुम्लुङ कोरियाको १२ औँ कार्य समितीलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।

आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष विशन राईको प्रमुख आतिथ्य र चुम्लुङ अध्यक्ष दिर्ज काङ्भाको सभापतित्व रहेको अधिवेशनमा संरक्षक समसेर पंधाक, पूर्व अध्यक्ष सन्तोष मादेन, शुन्दरदीप आङ्देम्बे मिराक लिम्बू अग्नी र सल्लाहकार पवित्रा थेवे सम्मिलित ५ सदस्यीय निर्वाचन मण्डल रहेको थियो। महाधिवेशनमा कोरियामा रहेका सक्रिय सस्थाका अध्यक्ष एवम प्रतिनिधिहरुको वाक्लो उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “स्मारिका” विमोचन सहित तमू धीं कोरियाको “रजत जयन्ती” समापन
  • तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह नोभेम्बर १० मा
  • सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले “१० औँ वार्षिक उत्सव” भव्यताका साथ मनायो
  • पूर्वी नेपाल समाजको “देउसी भैलो ” कार्यक्रम सम्पन्न
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...