तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह नोभेम्बर १० मा
तमू धिं दक्षिण कोरियाले रजत जयन्तीको समापन समारोह गर्ने भएको छ। सौल स्थित दोङ्मो आफ स्टेशन नजिकको 진형 भवनको दशौँ तल्लामा कार्यक्रम आयोजना हुने तय भएको आयोजकले जनाएको छ। कार्यक्रम अन्तर्राष्ट्रिय तमु परिषद् आइटिसीको संस्थापक अध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यमा हुने अध्यक्ष रुपा गुरुङले जानकारी दिएकि छन्।
तमू / गुरुङ समुदायको सर्चोच्च संस्थाले २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा गत अगष्ट ३ र ४ तारिकमा सउलमा भव्य कार्यक्रम गरि रजत जयन्ती मनाएको थियो।
आगामी नोभेम्बर १० तारिख हुने समापन समारोहमा कोरियामा रहेका सम्पूर्ण नेपालीलाई आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।