पूर्वी नेपाल समाजद्वारा सलनालको कार्यक्रम बाँडफाँड, खोटाङ, भोजपुर र ओखलढुंगालाई अनुमति
पूर्वी नेपाल समाजले सलनाल २०२५ को लागि कार्यक्रम बाँडफाँड गरेको छ। नोभेबर १० तारिख आफ्नै सभाहलमा बसेको बैठकले कार्यक्रम बाँडफाँड गरेको हो। जस अन्तर्गत सलनालमा ३ संस्थाले कार्यक्रम आयोजना गर्दैछ।
सलनालको पहिलो दिन जनवरी २८ तारिख भोजपुर परिवारले डान्स पार्टी गर्ने अनुमति पाएको छ भने २९ तारिख खोटाङ सेवा समाजले सांगीतिक कार्यक्रम गर्ने तय भएको छ। यसैगरी सोहि दिन साँझ ओखलढुंगा सेवा समाजले पनि डान्सपार्टी आयोजना गर्ने अनुमति पाएको छ।
बैठकमा पूर्वी नेपाल समाजले आयोजना गरेको शुभकामना आदानप्रदान एवम देउसी भैलो कार्यक्रमको समिक्षा पनि गरिएको थियो। गत हप्ता नेपाली थाइको सभाहलमा आयोजित विजयादशमी , दीपावली, नेपाल संवत र छठ पर्वको शुभकामना आदानप्रदान एवम देउसी भैलो कार्यक्रम मार्फत संस्थाले २७ लाख वन दक्षिणा वचत गर्न सफल भएको छ। उक्त कार्यक्रमलाई सफल बनाउनको निम्ती उपस्थित हुने सम्पूर्ण संघ संस्था र नेपालीहरुलाई कार्यवाहक अध्यक्ष चित्र घलेले धन्यवाद साथै आभार प्रकट गरेका छन्।