“स्मारिका” विमोचन सहित तमू धीं कोरियाको “रजत जयन्ती” समापन
गुरुङ जातिको सर्वोच्च संस्था तमू धीं दक्षिण कोरियाले रजत जयन्ति समापन समारोह सम्पन्न गरेको छ। नोभेम्बर १० तारिख सौल स्थित जिन्ह्यङ भवनको हलमा भव्य कार्यक्रमका वीच रजत जयन्तीको समापन गरिएको थियो।
रजत जयतीको अवसरमा संस्थाले “रजत जयन्ती स्मारिका २०२४ ” पनि प्रकाशन गरेको छ। प्रमुख अतिथी अन्तराष्ट्रीय तमू परिषद (ITC) का संस्थापक अध्यक्ष रेशम गुरुङद्वारा उक्त पुस्तक विमोचन गरिएको थियो। पुस्तकमा गौरवशाली संस्था तमू धींको स्थापना कालदेखी आजसम्मको गतिविधिहरुलाई समेट्ने प्रयास गरिएको स्मारिका प्रकाशन समितिका संयोजक भीम गुरुङले जानकारी गराएका थिए। साथै आगामी ल्होसारमा सबैलाई पुस्तक वितरण गरिने पनि अवगत गराएका थिए। प्रमुख अतिथी रेशम गुरुङलाई संस्थाका प्रमुख संरक्षक एवम अध्यक्ष रुपा गुरुङले संयुक्त रुपमा मायाको चिनो प्रदान गरेका थिए। यसैगरि आदिवासी जनजाति महासंघ कोरिया बाट पनि अध्यक्ष विशन राईद्वारा सम्मान पत्र सहित सम्मान गरिएको थियो।
समापन समारोहमा कलाकारहरुबाट गुरुङ जातीको मौलिक नृत्यहरु रहेका थिए भने सुनिल गुरुङले गायनद्वारा उपस्थितीलाई मनोरञ्जन दिलाएका थिए। अतिथीहरुलाई न्यानो स्वागत गर्दै मौलिक खाना सेलरोटी अचार, चिया लगायत उपलब्ध गराइएको थियो। जातिय संस्थाहरु मध्ये सबैभन्दा जेठो यस संस्थालाई विभिन्न माध्ययम मार्फत सहयोग गर्ने व्यक्ति एवं संस्थाहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो। भने अध्यक्ष रुपा गुरुङले कार्यक्रम सफल बनाउन खट्नुहुने सबैलाई धन्यवाद र गुरुङ समुदायलाई बधाई ज्ञापन गर्दै सबै सहयोगी एवम उपस्थित व्यतित्वहरुलाई धन्यवाद ज्ञापन गरेकि थिइन्। कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि एवम नेपाली समुदायको उपस्थिति रहेको थियो।