कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
असोज १२ गते नेपालमा आएको भारी वर्षा र बाढीले क्षति पुर्याएको काभ्रेको रोशी गाउँपालिका र सिन्धुलीका हरिहरपुर गाउँपालिकामा कोरियामा सङ्कलन रकम तीन लाख रुपैयाँ बराबरको खाद्यान्न राहत सहयोग गरेका छन् । विभिन्न व्यक्तिहरूबाट चौबीस लाख बिस हजार पाँच सय पाँच वन र नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको खाताबाट पाँच लाख उनासी हजार चार सय पैँतालीस वन गरी नेपाली तीन लाख रुपैयाँको राहत कार्तिक २८ गते बुधवार हस्तान्तरण गरेको हो ।
सङ्कलित रकम बागमती नदीले क्षति पुर्याएको सिन्धुलीको हरिहरपुर गाउँपालिका–१ को वस्तिपुर (सुकुम्वासी बस्ती) र कुडुले फाँटका अति प्रभावित २० घर पीडित परिवारलाई एक लाख र काभ्रेको रोशी–६ सिन्की लेक, चम्पा गाउँ, फूलबारी, क्यासीङ खोल्काका करिब ६० घर परिवारलाई दुई लाख बराबरको चामल, दाल, नुन, तेल आदि खाद्यान्न सहयोग गरेका छन् । सहयोग सहजीकरणको लागि सिन्धुलीका दिलमान तामाङ र काभ्रे रोशी–६ का वडा सदस्य मञ्जु लोप्चन तामाङले गरेको थियो ।
सहयोग राहत रकम कोरियामा नेपाल तामाङ घेदुङ र घेदुङका सचिव निर योन्जन तामाङले सङ्कलन गरेको थियो ।