Advertisement
SKIP THIS

स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा


स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नं. ४ मा पर्ने एलादी गाउँमा “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” हुने भएको छ । “संयमित गतिशील र मानवप्रेमी युवाहरु लिई साथमा, सँस्कृति जगेर्ना र गाउँ विकासको नेतृत्व अब हाम्रो काँधमा” भन्ने मेलाको मूल नारा लिएर संगम युवा क्लबको आयोजना तथा स्थानीय आमा समूह र बाबा समूहको विशेष सक्रियतामा यही मंसिर ९ गतेदेखि १५ गतेसम्म ७ दिने सो मेला हुने भएको हो ।

ग्रामीण पर्यटनको प्रचुर सम्भावना बोकेको उक्त एलादी गाउँ र आसपासको क्षेत्रमा मेलाले गाउँको आर्थिक, सामाजिक पक्षमा मात्र नभई मौलिक तथा साँस्कृतिक संरक्षण र सम्बर्द्धनमा समेत टेवा पुर्याउने उद्धेश्यले सो मेला आयोजना गरिएको क्लबका अध्यक्ष मनिल गुरुङले बताए ।

उक्त ग्रामीण भेगमा उत्पादित ताजा र अर्गानिक तरकारी, सुन्तला, कफि एवम् अदुवा लगायतको खाध सामाग्रीको प्रदर्शन साथै विक्री वितरणको व्यवस्था गरिएको र मेला मार्फत प्रचारप्रसारको व्यवस्था मिलाईएको कार्यक्रम संयोजक दुर्गेश गुरुङले जानकारी गराए ।

मेलाको लागी आर्थिक सहयोग संकलन अभियान तीब्र रुपमा अगाडी बढ्दै प्रचारप्रसार, विभिन्न संघसंस्था, प्रशासन र सम्बन्धित निकायसँग समन्वय गर्दै तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । स्थानीय मनोरञ्जनात्मक खेलकूद, सांस्कृतिक कार्यक्रम, स्थानीय नृत्य प्रस्तुति मेलाको मुख्य आकर्षण रहेको र साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता समेत आयोजना हुने भएकोले मेलाको थप रौनकता बढ्ने आयोजकले खेल संयोजक चेतन गुरुङ/सुजन गुरुङले जनाएको छ ।

सिद्धार्थ राजमार्गको पोखरा-बुटवल अन्तर्गत वालिङ नगरपालिकाको त्रियासी वा रामबाच्छाबाट खहरे, रत्ने हुँदै करिब ७ किलोमिटरको पक्की/कच्ची सडकपछि उक्त मेला स्थलमा पुग्न सकिने र मेला सभ्य र भव्य सम्पन्न गर्न आर्थिक, भौतिक सहयोगको अपेक्षा गर्दै “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” अवलोकनका लागी मेला मूल आयोजक समितिले सम्पूर्णमा अनुरोध गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्ण राई एन्ड दाजुभाइहरुको लाइभ कन्सर्टमा झुमे कोरियाका दर्शक
  • दोस्रो हप्ता पनि कोरियामा अञ्जिलाका लागि उर्लिए मानव सागर
  • दक्षिण कोरियामा १० दिन देखि लागेको आगो अझै नियन्त्रण भएन, ३० जनाको मृत्यु
  • दुतावासबाट प्रत्येक शुक्रवार दिनको ३ बजे २५० जनाका लागि अपोइन्टमेन्ट खुल्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...