बागलुङ समाज दक्षिण कोरियाको एघारौं अधिवेशन डिसेम्बर ८ मा हुने
“प्रवासी भूमिमा बाग्लुडेहरुको एकता, सामाजिक कार्यमा सबैको सहभागीता आपतकालिन अवस्थामा बाग्लुङ समाजको आवश्यकता” भन्ने संस्थाको मूल नारालाई अनुशरण गर्दै आईरहेको गौरवमय संस्था बागलुङ समाज दक्षिण कोरियाको एघारौं अधिवेशन यही आउँदो डिसेम्बर ८ मा सुवनको (경기 수원시 팔달구 매산로 6-2 पाँचौ तल्ला) कामना हलमा हुने भएको छ ।
दक्षिण कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध बागलुङ्गे तथा नेपालीहरु बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिवृद्धि गर्दै आईरहेको बागलुङ समाजको दशौं कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको संस्थाका अध्यक्ष भूमिराज भुसालले जानकारी दिए ।
कोरियामा रहँदा भैपरी आउने विभिन्न समस्याहरुको समाधान गर्न तत्पर र कोरियाली भूमिमा नेपाली समुदायवीच हुने भलिबल खेलमा सबैभन्दा धेरैपटक विजेता बन्न सफल भनेर चिनिने बागलुङ समाजले कोरियास्थित विभिन्न संघसंस्थासँग सहकार्य गर्दै आइरहेको र नेपालमा समेत विभिन्न सामाजिक सेवामा योगदान दिईरहेको सन्दर्भ संस्थाका सचिव केशव आचार्यले स्पष्ट पारे ।
बिहान ११ बजेदेखि शुरु हुने उक्त एघारौं अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल बनाउन संस्था सम्बद्ध सल्लाहकार, बुद्धिजीवी, शुभचिन्तक, समस्त सदस्यहरु, विभिन्न सङ्घसंस्था तथा नेपाली दाजुभाई, दिदीबहिनीहरुलाई आयोजक बागलुङ समाजले गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।
तपसिल :
मिति : २०२४ डिसेम्बर ०८, आइतबार
समय : बिहान ठिक ११:०० बजे
स्थान : सुवनको (경기 수원시 팔달구 매산로 6-2 पाँचौ तल्ला) कामना हल