Advertisement
SKIP THIS

“माछापुच्छ्रे सांगीतिक सौगात भाग ४” को पोष्टर सार्वजनिक १ डिसेम्बरमा हुने


कोरिया स्थित क्षेत्रीय संस्था कास्की परिवार दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनाल २०२५ को अवसर पारेर “माछापुच्छ्रे सांगीतिक सौगात भाग ४”को पोष्टर सार्वजानिक गर्ने भएको छ । सलनाललाई लक्षित गर्दै आयोजना गरिने सो कार्यक्रमको बारेमा सम्पूर्ण जानकारी दिने उद्धेश्यले ब्यापक तयारीमा आयोजक संस्था जुटिरहेको सोही संस्थाका अध्यक्ष सन्तोष पौडेलले बताए ।

कोरियामा सबैभन्दा पुरानो संस्था नेपाली सम्पर्क समितिको सहजीकरण र गण्डकी प्रदेश समाज दक्षिण कोरिया समन्वय साथै सोही प्रदेश अन्तर्गत रहेका अन्य दश जिल्ला र को पूर्ण साथ, समर्थन र निर्णयात्मक अनुमोदन गरिएकोले कार्यक्रम सफल र थप उत्साहजनक हुने कार्यक्रम आयोजक कमिटी प्रमुख प्रदेश खोम प्रसाद गुरुङले बताए । संस्थाले स्थापना कालदेखि विभिन्न सामाजिक र परोपकारी कार्यमा अग्रसरता देखाउँदै आइरहेको सन्दर्भ उल्लेख गर्दै कार्यक्रमको उद्धेश्य, औचित्यता र पूर्ण जानकारी र कलाकार सहितको पोष्टर सार्वजनिक गरिने जानकारी संस्थाका प्रचारप्रसार संयोजक टेकनाथ भण्डारीले थपे । आपतकालीन राहतकोष स्थापना सहयोगार्थ उद्धेश्यका साथ आयोजना हुने सो कार्यक्रम आर्थिक पाटोबाट मात्रै नभई कोरियामा रहेका नेपाली समुदायलाई कार्यक्रम मार्फत् पूर्णतया: सांगीतिक मनोरञ्जन प्रदान गर्न विश्वस्त रहँदै कुनै कसर बाँकी नराख्ने आर्थिक संयोजक आरती ह्योल्मोले स्पष्ट पारिन् ।

कास्की परिवारले जनवरी २८ तारिक (सलनालको पहिलो दिन) आयोजना गर्ने उक्त माछापुच्छ्रे सांगीतिक सौगात भाग ४ को पोष्टर सार्वजनिक तपसिलका मिति, समय र स्थानमा हुने भएकाेले कोरियास्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजक संस्थाले उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ ।

पोष्टर सार्वजनिक कार्यक्रम :
मिति : २०२४ डिसेम्बर ०१, आइतबार
समय : दिनको ठिक १:०० बजे
स्थान : निक ट्राभल्सको सभाहल दोङ्देमुन, सउल

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • राज्य मन्त्रीको प्रमुख आतिथ्यमा एनआरएनए कोरियाको एकता महाधिवेशन हुँदै
  • पूर्ण राई एन्ड दाजुभाइहरुको लाइभ कन्सर्टमा झुमे कोरियाका दर्शक
  • दोस्रो हप्ता पनि कोरियामा अञ्जिलाका लागि उर्लिए मानव सागर
  • दक्षिण कोरियामा १० दिन देखि लागेको आगो अझै नियन्त्रण भएन, ३० जनाको मृत्यु
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...