दाेश्राेे स्याङजा कप भलिबल प्रतियाेेगिताकाे उपाधी बाग्लुङलाई
सज्जन कुमार सिंह /याम श्रीस
साेल – ”स्याङजाली एकता उपकरी मन सद्भावसंगै बिताअाै प्रदेशी जीवन” भन्ने मुल नाराका साथ स्याङजा सम्पर्क समिति दक्षिण काेरियाले अायाेजना गरेकाे दाेश्राे स्याङजा कप भलिबलकाे उपाधि बागलुङ सम्पर्क समिति दक्षिण काेरियाले चुमेकाे छ ।
दुइ पाेलमा खेलाइएकाे खेलमा बिजयी टिम बागलुङले उपबिजेता कास्कीलाई २६/२८ र १७/२५ को सिधा सेटमा हराउदै प्रतियाेगिताकाे उपाधी चुम्न सफल भएकाे हाे ।
बिजयी टिम बाग्लुङले दस लाख वन, उपबिजेता टिम कास्किले सात लाख वन मेडल र प्रमाण पत्र हात पार्न सफल भए । समय अभावकाे कारण तेश्राे स्थान नछुटाइ सेमिफाइनलमा पुग्ने युनिक भिजन ग्रुप र म्याग्दि सम्पर्क समितिलाई दुई दुई लाख वन प्रदान गरिएकाे थियाे ।
सेमीफाइनलमा बागलुङले युनिक भिजन र कास्किले म्याग्दि सम्पर्क समितिलाइ हराएकाे थियाे ।प्रतियाेगितामा उत्कृष्ट खेलाडीकाे उपाधी बाग्लुङ सम्पर्क समितीका अमृत पाैडेल प्राप्त गरे ।
अहिले सम्मकै धेरै १९ टिमकाे सहभागिता रहेकाे प्रतियाेगितामा राष्टिय रेफ्रि श्रवण कुमार श्रेष्ठ,अमित राना र लाेकेन्द्र भट्टचनले रेफ्रिकाे भुमिका निर्वाह गरेका थिए ।फेसबुकमा बिजेता टिमकाे अनुमान मिलाउने फत्त पुनले पचास हजा वन प्राप्त गरे ।
चरम गर्मि माैसम भए पनि दर्शकको बाक्लाे उपस्थिति रहेकाे थियाे। दक्षिणा काेरियामा बिभिन्न संघ संस्थाहरुले गर्मि समयमा मासिक रुपमा अालाेपालाे भलिबल खेलकाे अायाेजना गर्दै अाएका छन । खेलकुदकाे बिकास,नेपालीबिच आपसी मेलमिलापलाई अझै प्रगाढ बनाउन यस्ता खाले कार्यक्रमले टेवा पुराउदै अाएकाे छ ।
यसैबिच स्याङजा परिवारले राखेकाे भाग्यशाली चिठ्ठामा प्रथम पुरुस्कार ६ लाख वन चिठा न ०५४५ सुमन बुढाथोकी प्राप्त गरे दाेस्राे पुरुस्कार चार लाख वन चिठा न ०१२० राजन खत्रीले प्राप्त गरे तेश्राे पुरुस्कार दुइ लाख व चिठा न ००१६ कमल मल्लले प्राप्त गरे भने सान्तवना पचास हजार व चिठा न ७७३ अनिल गिरी र चिठा न ९६६ हस्त रानालेले प्राप्त गरेका थिए । समितिका अध्यक्ष धर्म गुुरुङकाे अध्यक्षता भएको कार्यक्रम सचिव कुमार थापाले संचालन गरेका थिए |