आइतवार चासोक तङनाममय बन्यो सौल कोरिया


डिसेम्बर १५ आइतवार सौल चासोक तङनाममय भएको थियो। किरात याक्थुङ चुम्लुङ कोरियाले सन्बुक खुछङको हलमा लिम्बू जातिको महान चाड चासोक तङनाम विविध कार्यक्रम गरि मनाएको हुनाले सौल चासोकमय भएको हो। सेवा साम्बा भिम सागर मादेम्बाद्वारा चासोक पूजा गरिएको थियो। प्रमुख अतिथि आदिवासी जनजाति महासंघका अध्यक्ष विशन राईद्वारा दीप प्रज्ज्वलन एवम के अर्थात च्याब्रुङ बजाएर कार्यक्रम उद्घाटन गरिएको थियो।

तङनाममा लिम्बू मौलिक परिकारहरु याङ्बेन, तिते, फाक्सा, वासा , तोङ्बा , थि र सेलरोटी राखिएको थियो। यि मौलिक परिकारको अलावा लिम्बू मौलिक नृत्य केलाङ र यालाङ समेत प्रस्तुत गरिएको थियो । सांस्कृतिक विभागको सामुहिक नृत्यले दर्शकलाई मनोरञ्जन दिलाएका थिए। यसैगरि अमित योङ्हाङ र सुनिता कुमालको युगल नृत्य साथै पुनम लिम्बूको एकल नृत्यले पनि उपस्थितिको मन जितेको थियो।

गायक पेपराज माबुहाङ, भीम सागर मादेम्बा, सुमन लिम्बू, सायल हेल्लोक, मन्दिरा नेम्बाङ, मिथुन तुम्बापो , धिरेन लिङ्ज्याङ , इन्द्र सम्बाहाम्फे र आलाप लिम्बूले पनि आफ्ना प्रस्तुति दिएका थिए। कोरियामा रहेका लिम्बू गायक गायिका द्वारा लिम्बू भाषिक गीत पालाम हाक्पारे आदि पस्किएको थियो। कार्यक्रममा किरात राई यायोक्खाको तर्फबाट साकेला नृत्य समेत प्रस्तुत गरिएको थियो।

चुम्लुङ कोरियाका अध्यक्ष विनोद सौदेनको अध्यक्ष्यता र नेपाल आदिवासी जनजाति महासंघ कोरियाको अध्यक्ष विशन राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा, एन आर एन कोरियाका अध्यक्ष वुद्धि गुरुङ, आदिवासी जनजाति महासंघका संरक्षक लोचन राई, पूर्वी नेपाल समाजका कार्यवाहक अध्यक्ष चित्र घले लगायतले शुभकामना मन्तव्य राखेका थिए। यसैगरी चुम्लुङ बुसान शाखाका अध्यक्ष प्रताप इधिङ्गो, छल्लादो शाखाका अध्यक्ष गणेश लिम्बूले पनि आफ्ना तर्फबाट शुभकामना दिएका थिए भने अन्य जातिय एवम राजनितिक संस्थाका अध्यक्षहरुले पनि शुभकामना मन्तव्य राखेका थिए। संस्थाका वरिष्ठ उपाध्यक्ष मनोज मादेम्बाले मन्तव्य दिएका थिए भने पूर्व अध्यक्ष शुन्दरदिप आङ्देम्बेले चासोक तङनामको बारेमा विस्तृत वर्णन गरेर प्रकाश पारेका थिए।

लिम्बू समुदायमा नयाँ अन्नबाली पितृहरुलाई चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको छ यसैलाई चासोक भनिन्छ।गतवर्ष चुम्लुङ कोरियाले गायक साईल लिम्बूको साथमा चासोक तङनाम मनाएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • बुसानमा डिसेम्बर २२ का दिन चासोक तङनाम मनाइने
  • आइतवार चासोक तङनाममय बन्यो सौल कोरिया
  • कोरियाको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले विविध कार्यक्रम सहित ल्होसार मनाउने
  • नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले जनवरी २८ मा बृहत् सांस्कृतिक ल्होछार कार्यक्रम गर्ने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...