बुसानमा डिसेम्बर २२ का दिन चासोक तङनाम मनाइने


किरात याक्थुङ चुम्लुङ बुसान शाखाले लिम्बु समुदायको चाड “चासोक तङनाम” शुभकामना आदानप्रदान एवम साँस्कृतिक कार्यक्रम गरि मनाउने भएको छ। यहिँ डिसेम्बर २२ तारिख आइतबार 가야 대학교 किम्हेमा चासोकको लागि सम्पूर्ण तयारी भइसकेको अध्यक्ष प्रताप इधिङ्गोले जानकारी गराएका छन्।

उक्त कार्यक्रममा हेमन्त गुरुङ, एरिक सम्बाहाम्फे, राज नेम्बाङ, सन्देश लिम्बूको प्रस्तुती रहने छ भने अन्य कलाकारहरुको पनि बेजोड प्रस्तुती हुने छ। सांगीतिक मनोरञ्जनका साथ साथै लिम्बू मौलिक परिकारहरु पनि रहने छ भने केलाङ यालाङ जस्ता लिम्बू मौलिक नाचपनी रहने आयोजकले जनाएको छ।

हरेक वर्षको मंसिर पूर्णिमाको दिन मनाइने चासोकमा पाकेको नयाँ अन्नबाली सर्वप्रथम पितृहरुलाई चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको छ। चुम्लुङ बुसान शाखाले गतवर्ष गायक साइल लिम्बूको साथमा चासोक मनाइएको थियो।

कोरियामा सकृय संस्था चुम्लुङ कोरिया बुसान शाखाले आगामी मार्चमा फूटसल प्रतियोगिता पनि आयोजना गर्ने जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • बुसानमा डिसेम्बर २२ का दिन चासोक तङनाम मनाइने
  • आइतवार चासोक तङनाममय बन्यो सौल कोरिया
  • कोरियाको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले विविध कार्यक्रम सहित ल्होसार मनाउने
  • नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले जनवरी २८ मा बृहत् सांस्कृतिक ल्होछार कार्यक्रम गर्ने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...