बागमती प्रदेश एकता समाज कोरियाको अध्यक्षमा सरोज केसी निर्वाचित
बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको अध्यक्षमा सरोज केसी सर्वसम्मतिले निर्वाचित भएको छ । सौल दोङ्देमुनमा भएको चौथो अधिवेशनले अध्यक्ष केसीसहित ११ जनाको कार्यसमिति चयन भएको हो ।
आइतबार सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा नवीन श्रेष्ठ, उपाध्यक्षमा आदेश खड्का, रमेशराज खरेल, महिला उपाध्यक्षमा जयन्ती घिमिरे र महासचिवमा वेदनाथ आचार्य चयन भएका छन् । त्यस्तै सचिवमा राजन अधिकारी, श्याम तामाङ, कोषाध्यक्षमा निर योन्जन तामाङ चयन भएका छन् । जिल्ला संयोजकहरूमा दीपेन्द्र सिम्खडा र अर्जुनकुमार तामाङ चयन भएका छन् ।
पदाधिकारी मात्रै अधिवेशनले चयन गरेको छ भने सदस्यहरू नियमित बैठकले मनोनीत गर्ने नवनिर्वाचित अध्यक्ष केसीले बताए ।