सुदुर पश्चिम समाजको नयाँ समिति गठन अध्यक्षमा महेश भट्ट
सुदुरपश्चिम समाज दक्षिण कोरियाको १८ औँ साधारण सभा एवम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले महेश भट्टको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति गठन गरेको छ। डिसेम्बर २९ आइतवार सौल स्थित दोङ्देमुनमा अधिवेशन सम्पन्न भएको थियो।
नव गठित समितिमा वरिष्ठ उपाध्यक्ष गणेश खड्का, निर्वाचित भएका छन्। यसैगरि उपाध्यक्षद्वयमा डम्बर न्यौपाने, प्रकाश कार्की र रमेश भट्ट रहेका छन भने महासचिवमा नवराज तिमिल्सिना चयन भएका छन्। समितिको सचिवद्वय तिर्थराज पनेरू र कमल बिष्ट चयन हुँदा कोषाध्यक्षमा झलक बिष्ट, सह-कोषाध्यक्षमा मनोज बोहरा निर्वाचित भएका छन्।
नेपाली दुतावास कोरियाका उपनियोग प्रमुख पुष्पराज भट्टराईको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष दिल बहादुर मडैको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनले जिल्ला संयोजकहरुको पनि जिम्मेवारि तोकेको थियो। बझाङका लागि भोजराज भट्ट, दार्चुलाका लागि ललित लोथ्याल र बाजुराका लागि जिवित सुनार संयोजकको रुपमा रहेका छन्।
देश संघिय संरचनामा जानु अघि नै स्थापित यस संस्था अहिले प्रदेश स्तरिय प्रवासको सकृय सामाजिक संस्थाको रुपमा काम गरिरहेको छ।