गायिका जालुमाया गुरुङको साथमा तमू धीं कोरियाले “ल्होसार” मनाउने
तमु धीं दक्षिण कोरियाले गुरुङ समुदायको नयाँ वर्ष “तमू ल्होसार” मनाउने भएको छ। जनवरी ५ का दिन चर्चित गायिका जालुमाया गुरुङको साथमा मनाउने तैयारी पूरा भएको छ। सौल स्थित HW 컨벤션센터 하림각 को हलमा कार्यक्रम हुने आयोजकले जनाएको छ।
कार्यक्रममा शुभकामना आदानप्रदान सहित विविध साँस्कृतिक नृत्य, गुरुङ जातिको मौलिक खाना , नेपालबाट आमन्त्रीत गायिका जालुमाया गुरुङको बेजोड प्रस्तुति सँगै कोरियामा रहेका स्थानिय कलाकारहरुको समेत सांगीतिक धमाका हुने अध्यक्ष रुपा गुरुङले जानकारी गराएकि छन्।
गुरुङ समुदायले नयाँ वर्षलाई उत्सवको रुपमा मनाउने गर्दछन्। “ल्होसारमा” १२ वर्ग हुन्छन्। यो वर्ष मुप्री ल्हो (गरुड वर्ग ) को विदाइ गर्दै सप्री ल्हो (सर्प वर्ग) लाई स्वागत गर्दै देश विदेशमा रहेका गुरुङ समुदायले “तमू ल्होसार ” मनाउँदैछन्।