Advertisement
SKIP THIS

कोरियामा गायिका जालुमाया गुरुङको साथमा “तमू ल्होसार ” मनाईयो


तमु धीं दक्षिण कोरियाले गुरुङ समुदायको नयाँ वर्ष “तमू ल्होसार” भव्यताका साथ मनाएको छ। जनवरी ५ का दिन चर्चित गायिका जालुमाया गुरुङको साथमा सौल स्थित HW 컨벤션센터 하림각 को हलमा ल्होसार मनाएको थियो।

कोरियाका लागि नेपाली दूतावासका महामहिम डा . शिव माया तुम्बाहाङ्फेको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा शुभकामना व्यक्त गर्दै महामहिम भर्खर मात्र नेपाल सरकारको प्रतिनिधित्व गर्दै राजदूतका रुपमा कोरिया आएको जानकारी गराएकि थिइन्। कोरियामा रहेका नेपालीहरुको विविध समस्यालाई निराकरण गर्ने प्रतिवद्धता व्यक्त गर्दै कुनै समस्याहरु दूतावासलाई भन्दा कोहि कसैलाई थाह भए दूतावासमा जानकारी गराउन पनि अनुरोध गरेकी थिइन्।

कार्यक्रममा शुभकामना आदानप्रदान सहित विविध साँस्कृतिक नृत्य, दिवा भोज , नेपालबाट आमन्त्रीत गायिका जालुमाया गुरुङको बेजोड प्रस्तुति सँगै कोरियामा रहेका स्थानिय कलाकारहरुको समेत सांगीतिक धमाकाले कार्यक्रम भव्य भएको थियो।

गुरुङ समुदायले नयाँ वर्षलाई उत्सवको रुपमा मनाउने गर्दछन्। “ल्होसारमा” १२ वर्ग हुन्छन्। यो वर्ष मुप्री ल्हो (गरुड वर्ग ) को विदाइ गर्दै सप्री ल्हो (सर्प वर्ग) लाई स्वागत गर्दै मनाइएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • कोरियामा रसुवा समाज स्थापना
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...