जनवरी २७ तारिख सार्वजनिक विदा दिने कोरिया सरकारको निर्णय
कोरिया सरकारले सलनालको अघिल्लो दिन जनवरी २७ तारिख सार्वजनिक विदा दिने निर्णय गरेको छ। बुधवार सरकार र विपक्षि दलको “आपतकालिन आर्थिक स्थिरता” का लागि बसेको संयुक्त बैठकले “अस्थायी सार्वजनिक विदा ” दिने निर्णय गरेको हो।
यो विदा ५ जनाभन्दा कम श्रमिक भएको कम्पनी र कृषि तथा पशुपालन व्यवसायमा काम गर्ने कामदारको हकमा भने लागु नहुने प्रवासी मजदूर संगठनका अध्यक्ष उदय राईले फोनिज कोरियालाई जानकारी गराएका छन्।
यो वर्ष सलनाल २८ देखि ३० तारिखसम्म रहेकोमा सोमबार समेत जोडेर अघिल्लो शनिवार र आइतवार सहित ६ दिन विदा हुनेछ। सरल दैनिकी र यातायातको चाप सन्तुलन कायम गर्नको लागि विदा दिइएको सरकारले जनाएको छ। कोरियाको कानून अनुसार सरकारले आवश्यकता अनुसार अस्थायी सार्वजनिक विदा दिने नियम रहेको छ। गतवर्ष अक्टोवर २ तारिख पनि कोरिया सरकारले अस्थायी विदा घोषणा गरेको थियो।