Advertisement
SKIP THIS

मार्मिक शब्दभावले भरिपूर्ण गोविन्द गौतमको “भिजा हातैमा” सार्वजनिक [भिडियो सहित]


नेपाली लोक विधा अन्तर्गत उत्कृष्ट शब्द रचना गर्दै गोविन्द गौतमले “भिजा हातैमा” बजारमा ल्याएका छन् । विशेष गरी नेपाली गीतसंगीतको क्षेत्रमा अत्यन्त चर्चित र व्यस्त गायिका समीक्षा अधिकारीसँगै गौतमले यस गीतमा आफ्नो सुमधुर स्वर भरेका छन् ।

गीतको शब्द, संगीत र सुमधुर आवाजको साथै म्यूजिक भिडियो निकै नै रुचाइएको यस गीतमा गीतको शब्द निकै भावुक र मार्मिक छन् । नेपाली समाज र परिवेशमा गरिबीको चपेटामा परेर बाध्यताले आफ्नो परिवार र प्रियसीलाई छोडेर विदेशिनु पर्दाको पीडादायी भावहरु र अनेकन व्यथाहरु यस गीतमा देखाउन खोजिएको छ ।

रोजगारको शिलशिलामा रहेर केही समय अगाडी मात्रै दक्षिण कोरियाबाट नेपाल फर्केर नेपालमा नेपाली गीत संगीतको क्षेत्रमा भविष्य खोज्दै स्थापित हुन संघर्ष गरिरहेका रामेछापका गोविन्द गौतमले “भिजा हातैमा” गीतको शब्द रचना गरेका हुन् ।यस गीतको एरेन्जमा रोशन बलुवा, रेकर्डिस्ट विवेक राज रनपहेली, मिक्स/मास्टरिङको जिम्मा साजन शाहले सम्हालेका छन् ।

यशु भट्टराई, नविन गौतम, गुणराज श्रेष्ठ, अञ्जु चौलागाइँ, दीपक गौतम र करिना खड्काको जोडदार अभिनय रहेको यस गीतमा निर्देशन प्रमोद भण्डारीले गरेका छन् भने प्रोडक्सन म्यानेजर माधव राउत, ट्रान्सपोर्टेसन् अर्जुन गौतम, MUA अनिमेश जोर्डन सिनेमाटोग्राफर करण चैरशिर, सम्पादन/कलर टेकेन्द्र शाह पोष्ट प्रोडक्शन लाईम लाईट नेपाल रहेका छन् । गीत Maulik Rodhighar नामक यूट्यूब च्यानल मार्फत् नेपाली सांगीतिक बजारमा उपलब्ध छ ।

[भिडियो हेर्न तल को यूट्यूब लिंक क्लिक गर्नुहोला ।]

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • राजदूत र आफू लक्षित अमर्यादित भाषा प्रयोगप्रति वुद्धि गुरुङद्वारा गम्भिर आपत्ति
  • NRNA कोरियाको एकता महाधिवेशन सम्पन्न, अध्यक्षमा बिपिन गुरुङ
  • दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल पदमुक्त: संवैधानिक संकटको ऐतिहासिक परिणाम
  • अप्रील ४ तारिख शुक्रवार दूतावास कोरिया बन्द हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...