सलनालमा बृहत साहित्य मेला आयोजना हुँदै
कोरियन नयाँ वर्ष सलनालको अवसरमा यही जनवरी २८ तारिक “बृहत् साहित्य मेला २०२५” आयोजना हुने भएको छ । नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाको आयोजनामा कोरिया सउलको दोङ्देमुन स्थित शुभेच्छा रेष्टुरेन्टको सभाहल (서울특별시 종로구 창신동 315-2, 2층) मा दिउँसो १२:३० बजेदेखि शुरु हुने गरी सो कार्यक्रम आयोजना हुने प्रतिष्ठानका अध्यक्ष निर्दोष शिवले जानकारी दिए ।
उक्त बृहत् साहित्य मेला २०२५” मा मुक्तक, गजल, कविता र हाइकु विधामा विभिन्न दमदार प्रस्तुति रहने र सो मेलामा राधेश आचार्य, सुधाकार ढकाल, ह्यारी बोण्ड, तिल्ता मगर, गौतम सिद्धान्त (कलमकार), विनेश राई र डीईबी सिकारु लगायत अन्य साहित्यकारहरुको प्रस्तुति रहने जनाइएको छ ।
“नेपाली मुक्तकको विकास र विस्तारका लागि” भन्ने मूल नारा सहित स्थापना भएको नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाद्धारा आयोजित उक्त कार्यक्रममा सम्पूर्ण साहित्यिक मनहरु र शुभचिन्तक महानुभावहरुमा गरिमामय उपस्थितिका लागि आयोजक संस्थाले हार्दिक अनुरोध गरेको छ ।