थारु कल्याणकारिणी सभा कोरियाले जनवरी २९ मा माघि पर्व मनाउँदै
थारु समुदायको नयाँ वर्ष ” माघी पर्व” कोरियामा मनाइने भएको छ। थारु कल्याणकारिणी सभा दक्षिण कोरियाले थारु संवत २६४८ लाई शुभकामना आदानप्रदान एवम साँस्कृतिक कार्यक्रम गरि जनवरी २९ तारिख मनाउने तयारी गरेको छ। सौल स्थित 차차차 को पार्टी हलमा कार्यक्रम हुने निश्चित भएको अध्यक्ष अ्मर चौधरीले जानकारी गराएका छन्। ट्रेन लाइन २/४ को 신당 स्टेसनको १/१२ गेटबाट कार्यक्रम स्थल जान सकिने छ।
हरेक वर्ष मनाइने माघि पर्वमा विभिन्न साँस्कृतिक झाँकि साथै स्वादिष्ट थारु परिकारहरु रहने छ भने प्रवेश निशुल्क रहेको पनि आयोजकले जनाएको छ। कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई यस कार्यक्रममा उपस्थित हुनको लागि पनि आयोजकले अनुरोध गरेको छ।