गायिका ईन्द्रेणी लोप्चन तामाङले ‘भन भन च्याङबा’ ल्होछार गीतको भिडियो सार्वजनिक गरिन
गायिका ईन्द्रेणी लोप्चन तामाङले ल्होछार विशेष सांगितीक कोसेली ‘भन भन च्याङबा’को म्युजिक भिडियो शुक्रबार आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छिन ।
गायक, गीतकार तथा संगीतकार जीवन बोम्जन तामाङको तामाङ समुदायको मौलिक साँस्कृतिक पर्व सोनाम ल्होछार विशेष शब्द रहेको गीतमा गायिका ईन्द्रेणी लोप्चन तामाङ र गायक अर्पण थिङ तामाङको स्वर रहेको छ ।
यो म्युजिक भिडियोमा तामाङ चलचित्र, गीत संगीतमार्फत समुदायमा लोकप्रिय कलाकार, नायक अमिर दोङ तामाङ र मिस तामाङ २०२४ का विजेता, मोडल, कलाकार रिया लामाको अभिनय रहेको छभने भिडियो निर्माणमा गीतकार जीवनले प्रमुख प्रबन्धकको भूमिका निर्वाह गरेका छन् ।
स्थानीय लामा गुरू, बोन्बो गुरू, ताम्बा, घान्बाहरूको विशेष ल्होछार साँस्कृतिक कार्यक्रम प्रस्तुती समेटेर काभ्रेको रोशी-८ खार्पाचोकमा छयाङ्कन गरिएको दृश्यहरूले सुन्दर भिडियो निर्माण गरेको नारायण तामाङले बताउनुभयो ।
नेपाली गीतसंगीत नव प्रवेश गरेकी ईन्द्रेणी गायन र मोडलिङ दुबैमा ब्यस्त छिन् । उनको यो गीत ‘भन भन च्याङबा’, ‘IM JUST 13’ ‘मै प्यारी छोरी’ ‘मायाको तिर्सनाले’ ‘होई आपा होई आमा’ ‘हिउँ जस्तै गोरी’ ‘मन मेरो तिमीलाई’ ‘बर्कोमा लुक्ने मैच्याङ’ पछिको आठौं सांगितीक कोसेली हो ।
उक्त म्युजिक भिडियो एरेन्जमा भिषम आचार्य, निर्देशकमा युवराज वाईबा, नृत्य निर्देशकमा प्रमोद के भण्डारी, ड्रोनमा सेन्साई पेमा वाईबा, निशल पौडेलको छायांकन रहेको भिडियो बिकास ढकालले सम्पादन गरेको हो ।
उक्त गीतको संगीत प्रकाश लामा र मिक्स-मास्टरिङ गायक अर्पण थिङ तामाङ स्वयमको रहेको छ ।
साथै उक्त म्युजिक भिडियो अभिनयमा गायिका ईन्द्रेणीकी स-परिवार हजुरबा ईन्द्र बहादुर तामाङ (झाक्रीबाजे) बुवा नारायण तामाङ, आमा रितिका तामाङ र भाई ईन्द्रनीर तामाङ पनि देख्न सकिन्छ ।
Music Video Link: