कोरियाको विभिन्न ५ सहरहरूमा ल्होछार कार्यक्रम भव्यताका साथ सम्पन्न


मञ्जुश्री संवत् २८६१ सा पुख्री अर्थात् डुल ल्होको अवसरमा विशेष सोनाम ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम २०२५ भव्यताका साथ मनाएको थियो । दक्षिण कोरियाको विभिन्न पाँच शहरहरू राजधानी सउल, दोस्रो ठुलो सहर बुसान, मोक्पो, गजेदो र जेजुदोमा विविध सांस्कृतिक कार्यक्रमका साथ मनाएको हो । नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनामा राजधानी सउलमा भव्य रूपमा मनाएको हो ।

नेपाल सउल गुम्बाका लामा गुरुहरूद्वारा सामूहिक मङ्गल पूजापाठ गरी सुरुवात भएको ल्होछार कार्यक्रममा प्रमुख अतिथि, अन्य अतिथिहरूले सामूहिक औपचारिक कार्यक्रमको उद्घाटन गर्दै ताम्बा धावा वाङ्गेल मोक्तानको साङसेरकेम ह्वाइ शुभराज भोम्जन, अमिर योञ्जन, निर योञ्जन, दावाफिन्जो योञ्जनलगायतले प्रस्तुति गरेका थिए । सउलको एचडब्लु कन्भेन्सन सेन्टरमा जनवरी २८ मा साँझ साढे ३ बजेदेखि मध्यराती १२ बजे सम्म सांस्कृतिक प्रस्तुतिहरूले प्रवासको ल्होछारप्रेमीहरुलाई रौनकता छाएको थियो ।

संचारकर्मी अमिर योञ्जनले तामाङ भाषा र नेपाली भाषामा कविता (साहित्य) वाचन गरेकाे थियो । नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको अध्यक्ष राजकुमार स्याङ्तान तामाङको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा नेपाली राजदुतबासको महामहिम राजदूत डा. शिवमाया तुम्वाहाम्फेको प्रमुख अतिथि रहेको थियो । साथमा एनआरएनए दक्षिण कोरिया अध्यक्ष विपिन गुरुङ, नेपाल आदिवासी जनजाति महासङ्घ दक्षिण कोरियाका अध्यक्ष विशन राई, एनसिसी दक्षिण कोरियाका अध्यक्ष हरिप्रसाद खनाल, नेपाल तामाङ घेदुङ ख्याङ्सङ बुसान शाखा दक्षिण कोरियाका अध्यक्ष सोम योञ्जन तामाङ, नेपाल तामाङ घेदुङ दक्षिण कोरिया शाखा जेजुदोको अध्यक्ष सुनिता ब्लोन लगायत अन्य संघसंस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।

कार्यक्रमको प्रमुख अतिथि राजदूत तुम्वाहाम्फेले हामीले आफ्नो भाषा, धर्म, संस्कार संस्कृतिलाई बचाउदैं नयाँ पुस्तामा हस्तान्तरण गर्न गरिएको यो कार्यक्रमले ठुलो महत्त्व राख्ने बताइन् । साथै संविधानमा यो व्यवस्थालाई स्थापित गर्न गरिएको प्रक्रियाको बारेमा पनि जानकारी राखेकी थिइन् । नेपालीहरूको मौलिक तथा तामाङहरूको सांस्कृतिक पर्व ल्होछार दीर्घकालीन शैक्षिक कल्याणकारी कोष सहयोगार्थ आयोजना गरिएको अध्यक्ष स्याङ्तानले बताए । त्यस्तै मोक्पो सम्हो साझा चौतारीले जनवरी २६ मा मोक्पोमा संयुक्त रूपमा तमु ल्होसार, सोनाम ल्होछार र ग्याल्पो लोसार बृहत् रूपमा मनाएको थियो ।

सामूहिक रूपमा एकैसाथ यो पहिलो पटक मनाएको हो । हान्वा ओसन तामाङ समाज गजेदोले पनि कलाकारहरुको साथमा बृहत् सांस्कृतिक कार्यक्रम गरी मनाएको थियो । जसमा गायक तथा सङ्गीतकार छेटुप मोक्तान, रवि लामा र सामूहिक डम्फु प्रस्तुति, डम्फुरेसँगै मनाएको थियो । नेपाल तामाङ घेदुङ ख्याङ्सङ बुसान शाखा दक्षिण कोरियाले जनवरी २९ मा बृहत् सांस्कृतिक कार्यक्रम गरी सोनाम ल्होछार मनाएको थियो । कार्यक्रममा सामूहिक डम्फु प्रस्तुतिबाट कार्यक्रमको शुभारम्भ भएको थियो । अध्यक्ष सोम योञ्जन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा घेदुङ केन्द्र सउलका अध्यक्ष राजकुमार स्याङ्तानकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । त्यस्तै नेपाल तामाङ घेदुङ दक्षिण कोरिया शाखा जेजुदोको आयोजनामा जनवरी ३० मा बृहत् रूपमा सोनाम ल्होछार मनाएको थियो ।

मौलिक प्रस्तुति, ख्याति प्राप्त कलाकारहरुको साङ्गीतिक प्रस्तुति र नृत्य प्रस्तुतिहरूले ल्होछारप्रेमीहरुमा भरपुर मनोरञ्जन दिएका थिए । अध्यक्ष सुनिता ब्लोनको अध्यक्षतामा भएको कार्यक्रममा घेदुङ केन्द्र सउलका सचिव निर योञ्जनको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सउल, बुसान, जेजुदोको ल्होछार कार्यक्रमका लागि नेपालबाट आमन्त्रित सङ्गीतकार तथा गायक विश्व दोङ, गायक आस्मान लोप्चन, गायक सुरेश लामाले साङ्गीतिक प्रस्तुति दिएर सहभागीलाई मनोरञ्जन दिलाएका थिए ।

साथमा यहाँ रहेका कलाकारहरू गायिका रिचा ब्लोन, गायक आशिष मोक्तान, गायक करप रुम्बा, गायक सन्जीब लामा गोले, नृत्यमा प्रतिज्ञा लामा, सरस्वती तामाङ, सन्नी थापा, डोमा योञ्जन, अन्जली तामाङ, सरलिन तामाङ र सुनिता तामाङ, र्यापर दोर्जे ज्योज्योलगायतको साङ्गीतिक प्रस्तुतिले ल्होछारप्रेमीहरु झुमेका थिए । विगतमा भन्दा २८६१ सोनाम ल्होछारको रौनकता बृहत् रूपमा कोरियामा छाएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • मार्च महिनादेखि नेपाली राजदुतवास आइतबार खुल्ने, सबै सेवाहरू मिल्ने
  • ‘दुखी आत्मा’ सौल शो मार्च ९ मा
  • एनआरएनएले भलिवल कप अप्रील ६ मा र फूटबल प्रतियोगिता जुन २२ मा गर्ने
  • एनआरएनएले भलिवल कप अप्रील ६ मा र फूटबल प्रतियोगिता जुन २२ मा गर्ने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

    preload imagepreload image